२०१९ को वातावरण पत्रकारिता पुरस्कार यम बमलाई

शुक्रबार, जेष्ठ २३, २०७७



काठमाडौँ । नेपाल वातावरण पत्रकार समूह (नेवापस) ले ‘विश्व वातावरण दिवस-जून ५’ को अवसरमा विगत तीन दशकदेखि प्रदान गर्दै आएको वातावरण पत्रकारिता पुरस्कार नेपाल साप्ताहिकका सम्वाददाता  यम बमलाई प्रदान गर्ने निर्णय गरेको छ । पुरस्कार स्वरुप उgलाई २५ हजार रुपैयाँ र प्रमाण–पत्र गरिनेछ ।

समूहले प्रत्येक वर्ष जुन महिनाको ५ तारिख विश्व वातावरण दिवसको अवसरमा सन् २०१९ भरि वातावरण र दिगो विकासका विषयमा पत्रपत्रिका, रेडियो, टेलिभिजन तथा अनलाईनमा प्रकाशित–प्रसारित सामग्री र कार्यक्रमहरु मध्येबाट छनौट गरी विषयगत विविधता, तथ्य–तथ्याङ्क, भाषा, जनसरोकार र मौलिकताका आधारमा मूल्याङ्कन गरेर यो पुरस्कार प्रदान गर्ने निर्णय भएको हो ।

पुरस्कारका लागि समूहले पत्रकारहरुलाई सन् २०१९ भरिका आफ्ना लेख–रचना तथा कार्यक्रम समावेश गरी आवेदन दिन आह्वान गरेको थियो । समूहका पूर्व अध्यक्ष तथा वरिष्ठ पत्रकार श्री तीर्थ कोइराला संयोजक, पूर्व महासचिव तथा पत्रकार बद्री पौड्याल र विज्ञ सदस्य तथा वातावरणविद् बटुकृष्ण उप्रेती रहेको छनौट समितिले मूल्याङ्कनका लागि प्राप्त सामग्रीहरुको मूल्यांकन गरेको थियो ।

ग्रामीण विकासमा स्नातक  बम नेपाल साप्ताहिकमा संवाददाताका रुपमा कार्यरत रहेका छन । समूहद्वारा स्थापित ‘वातावरण पत्रकारिता पुरस्कार–२०१९’ पाउने उनी ३३औँ पत्रकार हुन।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments