यहुदी प्रार्थना स्थलमा गोली चल्दा ११ को मृत्यु

आइतवार, कार्तिक ११, २०७५



अमेरिका । पेन्सीलभेनियाको पिटसवर्गमा शनिवार यहुदीको प्रार्थना स्थलमा गोली चल्दा कम्तीमा एघार व्यक्तिको ज्यान गएको गएको छ । उक्त घटनामा  पुलिसकर्मी सहित कैयौं ब्यक्ति घाइते भएको स्थानिय मिडियाले जनाएका छन् । स्थानिय मिडियामा आएको खबर अनुसार, प्रहरीको जवाफी कारवाहीमा गोलि चलाउने ४६ बर्षीय रोवर्ट बोवर्स गोली लागि घाइते भएको छ ।

घाइते गोरा जाती भएको प्रहरीले बताएको छ । घाइतेको उपचार नजिकैको अस्पतालमा भइरहेको र घटनाको बारेमा बोवर्ससँग सोधपुछ गरिरहेको प्रहरीले जनाएको छ ।  एफबिआइले घटनालाई घृणास्पद अपराध मान्दै अनुसन्धान बढाएको छ । गोली चलाउने अपराधी हमला गर्नु अघि चुपचाप प्रार्थना स्थलमा पस्दै सबै यहुदीले मर्नुपर्छ भन्दै गोली चलाएको बताइएको छ ।

राष्ट्रपति ट्रम्पले घटनाप्रति अत्यन्त दुख व्यक्त गर्दै भनेका छन् । यस्ता अपराधीलाई मुत्युदण्डको सजाय दिनुपर्छ । घटनापछि यहुदी राष्ट्र इजरायलको प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकासँग एकजुटता देखाउँदै भने, पिटसवर्गको घटनाले आफु अत्यन्त दुखी रहेको साथै शाेकमा डुवेको छु ।

140 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank