चिनियाँ राष्ट्पति सी’को स्वागतमा आइतबार सार्वजनिक बिदा

शुक्रबार, अशोज २४, २०७६



काठमाडौं । सरकारले चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वागतका लागि आइतबार सार्वजनिक बिदा घोषणा गरेको छ । चिनियाँ राष्ट्रपति सी शनिबार (२५ असोज) नेपाल आउँदैछन् । उनी भारत हुँदै नेपाल आउनेछन् । सी आईतबार साँझ नै चीन फर्कनेछन् ।

सरकारले विभिन्न देशका राष्ट्रप्रमुख तथा प्रधानमन्त्री आउँदा सम्मानस्वरूप सार्वजनिक बिदा दिने निर्णय गर्ने गरेको छ । यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउँदा पनि सरकारले सार्वजनिक बिदा दिएको थियो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments