विद्यार्थी बोक्ने बस नहरमा खस्यो

आइतवार, असार २२, २०७६



मोरङ । विद्यार्थी बोक्ने एक बस मोरङको टंकीसिनवारीस्थित सुनसरी मोरङ सिँचाई आयोजनाको नहरमा खसेको छ । १८ जना विद्यार्थी बोकेको  बस सडकबाट पल्टिएर नहरमा खसेको हो ।

स्थानीय जेभियर्स बोर्डिङ स्कुलको को १ ख १९८२ नम्बरको बस विद्यार्थी लिन जाने क्रममा अनियन्त्रित भई डिलबाट चिप्लिएर नहरमा खसेको थियो । बुढीगंगा गाउँपालिकाको गोकुवा नजिकैको नहरमा बस पल्टँदा त्यसमा सवार दुई जना शिक्षक गम्भीर घाइते भएका छन् ।

घटनामा केही विद्यार्थी सामान्य घाइते छन् । शिक्षकहरुलाई उपचारको लागि तत्कालै विराट मेडिकल कलेज पठाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata