यस्तो छ राष्ट्रपति सी’को नेपाल भ्रमण तालिका

शुक्रबार, अशोज २४, २०७६



काठमाडौँ ।  चिनियाँ राष्ट्रपति सी जिन पिङ दुई दिने राजकीय भ्रमणका लागि भोली(शनिबार) नेपाल आउँदैछन् ।

सन् १९९६ मा तत्कालीन चिनियाँ राष्ट्रपति जियाङ जेमिनले नेपाल भ्रमण गरेको २३ वर्षपछि चिनियाँ राष्ट्र प्रमुखबाट उक्त भ्रमण हुन लागेको हो ।

यस्तो छ भ्रमण तालिका

चिनियाँ राष्ट्रपति सी शनिबार बेलुकी ४ः३० बजेदेखि ५ः३० बजेको बीचमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लने छन् ।

त्यसलगतै राष्ट्रपति सीले आफ्ना नेपाली समकक्षी विद्यादेवी भण्डारीसँग शीतलविनासमा करिब ६ः३० बजे भेटवार्ता गर्ने छन् । सो अवसरमा दुई देशीबीचको सम्बन्धको विस्तारका विषयमा विचार विमर्श हुनेछ ।

करिब ७ः३० बजे राष्ट्रपति सीको सम्मानमा राष्ट्रपति विद्या भण्डारीले सोल्टी होटलमा आयोजना गर्ने रात्रिभोजमा उनी सहभागी हुनेछन् । रात्रिभोजसँगै उनको शनिबारको कार्यक्रम सकिनेछ ।

आइतबार बिहान नेपाल–चीनबीच औपचारिक वार्ता हुनेछ । यस वार्तामा पर्यटन, प्रविधि, कृषि र बीआरआईका विविध पक्षमा छलफल हुने र बिहानको १०ः३० बजे द्विपक्षीय सम्झौतामा हस्ताक्षर हुने प्रारम्भिक कार्यक्रम तय भएको छ ।

यही बीचमा चिनियाँ राष्ट्रपतिसँग सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का शीर्ष नेतासहित राजनीतिक दलका नेताले भेटवार्ता गर्नेछन् । राष्ट्रपति सी नेपाली समय अनुसार १२ः३० बजे नेपालको दुइ दिने  भ्रमण सकाएर  स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata