राष्ट्रपति सी’को भ्रमणको पूर्वसन्ध्यामा १८ जना पक्राउ

शुक्रबार, अशोज २४, २०७६



काठमाडौँ । चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको पूर्वसन्ध्यामा प्रहरीले १८ शंकास्पद व्यक्तिलाई पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसरका प्रवक्ता होविन्द्र बोगटीका अनुसार पक्राउ पर्नेमा केही तिब्बती शरणार्थी र केही विरोध गर्न तयारी गरेका व्यक्ति रहेका छन् ।

पक्राउ परेकाहरुबाट फ्रि–तिब्बतको झण्डालगायत शंकास्पद वस्तुहरु फेला परेको प्रहरीको भनाइ छ । राष्ट्रपति सीको भ्रमणको सुरक्षाका लागि व्यापक रुपमा सुरक्षा निकायहरुको परिचालन गरिएको छ । चीनविरोधी गतिविधी रोक्न बौद्ध लगायतका क्षेत्रमा ठूलो मात्रामा प्रहरी परिचलन गरिएको छ ।

यस्तै, गण्डकी प्रदेशका ५ जिल्लामा रहेका तिब्बती शरणार्थी क्याम्पहरुमा पनि सुरक्षा निगरानी बढाइएको छ । पोखरा, तनहुँ, बाग्लुङ, मुस्ताङ र मनाङमा रहेका शरणार्थी क्याम्पमा प्रहरी परिचान गरिएको गण्डकी प्रदेश प्रमुख डिआइजी विनोद घिमिरेले बताएका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata