‘सत्तामा जुनै पार्टी आएपनि दुईदेशबीच मित्रवत सम्बन्ध रहन्छ’ – राष्ट्रपति सी

सभापति देउवा र राष्ट्रपति सी'बीच भेटवार्ता

आइतवार, अशोज २६, २०७६



काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गरेका छन् ।सभापति देउवाले सी’सँगको भेटमा नेपाली काँग्रेस पार्टीको चीनसँगको ऐतिहासिक सम्बन्धलाई स्मरण गर्दै पार्टीले देशको बागडोर सम्हाल्दा चीन नेपाल सम्बन्धमा पुर्याएको योगदान चिनियाँ जनताले भुल्न नसक्ने बताएका थिए ।

भेटमा राष्ट्रपति सीले छिमेकी मित्रकारुपमा चीन र नेपाल सँधै राम्रो दाजुभाइ र मित्र भएको बताउँदै नेपालको सत्तामा जुनै पार्टी आए पनि दुई देशबीच स्थिर र मित्रवत सम्बन्ध कायम रहने बताएका छन् ।

भेटमा सभापति देउवाले नेपाली पक्षले चीनसँगको सम्बन्ध विस्तारलाई ठूलो महत्त्व दिएको बताउँदै चीनलाई नेपालको विकासमा दीर्घकालिन सहयोग र देशको सार्वभौमिकता र भौगोलिक अखण्डतालाई जोगाउन गरेको प्रयासका लागि धन्यवाद ज्ञापन गरे ।

देउवाले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको दोहोराउँदै नेपालमा कुनै पनि शक्तिलाई कुनै प्रकारको चीन विरोधी गतिविधि गर्न नदिने स्पष्ट पारे ।

चीनले अघि सारेको बिआइरआइले यो क्षेत्रमा कनेक्टिभिटी प्रवद्धन हुने आशा व्यक्त गर्दै नेपाली काँग्रेस चीनको चिनियाँ कम्युनिष्ट पार्टीसँग मित्रवत अन्तक्रियाहरु विस्तार गर्न इच्छुक रहेको बताए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata