चिनियाँ राष्ट्रपति सी काठमाडौं आइपुगे

शनिबार, अशोज २५, २०७६



काठमाडौं । चिनियाँ राष्ट्रपति सी जीन पिन दुई दिने नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेका छन । एयर चाइनाको विशेष विमानमार्फत सी शनिबार दिउँसो सवा चार बजे काठमाडौं आइपुगेका हुन ।

उनलाई राष्ट्रपति विद्यादेवी भण्डारी , प्रधानमन्त्री केपी शर्मा ओली लगायतका उच्च पदस्थ व्यक्तित्व विमानस्थल भव्य स्वागत गरेका छन । उनको स्वागतका लागि स्थानिय कला संस्कृतिबाट पहिरन सहितका विभिन्न जातिय झाँकीहरु समेत विमानस्थल पुगेका थिए ।

सीको सुरक्षालाई मध्यनजर गर्दै काठमाडौं उपत्यकामा १५ हजार सुरक्षाकर्मी परिचालन गरिएको जनाएको छ । २३ वर्षपछि चिनियाँ राष्ट्रप्रमुख नेपालमा औपचारिक भ्रमण भएको हो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments