राष्ट्रपति सीले नेकपाका नेतासँग सामूहिक भेटवार्ता गर्दै

आइतवार, अशोज २६, २०७६



काठमाडौं । दुई दिनको राजकीय भ्रमणमा हिजो(शनिबार) अपराह्न नेपाल आइपुगेका चिनियाँ राष्ट्रपति सी चिनफिङले सत्तारुढ दल नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का नेताहरुसँग सामूहिक भेटवार्ता गर्ने भएका छन् ।

नेकपाको सचिवालय सदस्यहरुसँग सीले आज(आइतबार) बिहान १०:३० बजे होटल सोल्टीमा सामूहिक भेट्ने कार्यक्रम छ । नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वमा सचिवालय सदस्यसँग चिनियाँ राष्ट्रपति सीले सामूहिक भेटवार्ता गर्नेछन् ।

नौ सदस्यीय नेकपाको सचिवालय सदस्यमध्ये पार्टीका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली भेटमा सहभागि नहुने बताइएको छ।

सचिवालय सदस्यसँगको सामूहिक भेटवार्ता लगत्तै दाहालले एक्लै सीसँग कुराकानी गर्ने कार्यक्रम रहेको दाहालका प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी दिएका छन्।

दाहालसँगको भेटपछि प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेटवार्ता हुनेछ भने त्यसपछि दुई देशका प्रतिनिधिमण्डलबीच औपचारिक वार्ता हुने कार्यतालिका रहेको छ। सी आज दिउँसो १ बजे स्वदेश फर्किने कार्यतालिका छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments