चीन विभाजन गर्न खोज्ने प्रयास ‘किचिएका शरीर र भाँचिएका हड्डीहरू’ मा टुङ्गिने छ – राष्ट्रपति सी

नेपालबाटै सी'को चेतावनी :

सोमवार, अशोज २७, २०७६



एजेन्सी । चिनियाँ राष्ट्रपति सी चिनफिङले हङ्‍कङमा जारी विरोधप्रदर्शनलाई सङ्केत गर्दै चीन विभाजन गर्न खोज्ने प्रयासलाई दमन गरिने कडा चेतावनी दिएका छन्।

चीनको सरकारी टेलिभिजन सीसीटीभीका अनुसार नेपालको राजकीय भ्रमणमा रहेकै बेला हिजो(आइतवार) राष्ट्रपति सीले उक्त प्रतिक्रिया व्यक्त गरेका हुन्। सी आइतबार नै स्वदेश फर्किसकेका छन्।

उनले चीन विभाजन गर्ने खोज्ने प्रयास ‘किचिएका शरीर र भाँचिएका हड्डीहरू’ मा टुङ्गिने चेतावनी दिएका हुन्। आइतवार हङ्‌कङमा शान्तिपूर्ण र्‍यालीहरू निकालिएका भए पनि प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडपहरू भएका थिए।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata