एस-400 मिसाइलको कारण ‘अमेरिका-भारत सम्बन्ध’ तनावमा !

शुक्रबार, जेष्ठ १७, २०७६



नयाँ दिल्ली । अमेरिकाको ह्वाइट हाउस स्थित ट्रम्प प्रशाशनले भारतको रक्षा प्रणालीमा गम्भीर असर पर्ने चेतावनी दिएको छ । रुसबाट मिसाइल रक्षा प्रणाली ‘एस-400′ खरिद गर्ने भारतको फैसला पश्चात अमेरिकाले भारतको रक्षा सम्बन्धलाई लिएर चेतावनी दिएको हो ।

 ‘एस-400′  सतहबाट नै  हावामा विस्फोट गराउन सक्षम रुसको अत्याधुनिक मिसाइल रक्षा प्रणाली हो । चीनले रुससँग यस प्रणाली खरिद गर्नको लागि सन् २०१४ मा सबैभन्दा पहिले एक सम्झौता गरेको थियो । यद्दपी भारत र रुसको बीच यस प्रणालीको खरिद सम्बन्धमा गत साल अक्टोबरमा पाँच अरब डलरको सम्झौता भएको थियो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको बीच व्यापक चर्चा पश्चात एक सम्झौता भएको थियो । भारतीय विदेश मन्त्रालयको एक वरिष्ठ अधिकारीले बिहिबार बताएअनुसार, “रुससँग  एस-400 हवाई रक्षा प्रणाली खरिद गर्ने निर्णय अहम निर्णय हो । अमेरिकी राष्ट्रपति ट्रम्पले असन्तुष्टि जनाउनु  कुनै नौलो कुरा होइन ।”

एस 400 मिसाइल रक्षा प्रणाली सम्झौताको  परिमाण स्वरूप अमेरिकाले काउन्टरिङ अमेरिकाज एडवर्सरीज थ्रू सेक्सन एक्ट (सीएएटीएसए) अन्तरगत  भारतसँग व्यबहार गर्न सक्छ । यस कानुनले रुसी हातहतियारहरुको  खरिद माथि भारतीय सरकारलाई प्रतिबन्ध लगाउन सक्नेछ ।

विगतमा राष्ट्रपति  ट्रम्पको विरोधका बाबजुद भारतीय प्रधानमन्त्री मोदी र रुसी राष्ट्रपति पुटिन बीच एस-400 मिसाइल रक्षा प्रणाली खरिद  गर्ने सम्झौता भए पश्चात राष्ट्रपति  ट्रम्पले उचित समयमा बदला लिइनेछ भन्दै धम्की दिएका थिए । गत बिहिबार पुन: राष्ट्रपति  ट्रम्पले एस-400 मिसाइल रक्षा प्रणालीको खरिद प्रक्रिया अगाडी बढाईए अमेरिका-भारत सम्बन्ध माथि नाजुक मोडमा पुग्नसक्ने चेतावनी दिएसंगै अमेरिका भारत सम्बन्ध नयाँ तनाव थपिएको छ ।

 

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments