कोरना भाइरस ‘ठूलो परीक्षा’ भएको राष्ट्रपति सी’को निष्कर्ष

मङ्लबार, माघ २१, २०७६



एजेन्सी । कोरना भाइरससँग संघर्षरत चीनले परिस्थिति काबुभन्दा  बाहिर जाँदै गरेको स्वीकार गरेको छ ।  युद्धस्तरमा कोरना भाइरसलाई नियन्त्रणमा राख्न गरिएको तमाम कोसिसका बाबजुद हालसम्म  ४३६ जनाको मृत्यु भइसकेको छ  ।

कोरना भाइरसको उत्पतिस्थल वुहार शहरमा ६४ सहित चीनभर ४२५ जना, एक जनाको फिलिपिन्‍स र एक जनाको हङकङमा मृत्यु भएको छ ।

चिनियाँ अधिकारिहरूले बताएअनुसार्, मंगलबार बिहान मात्रै ३,२३५ नयाँ बिरामी संक्रमति भएका छन्, जुन १८ प्रतिशतको वृद्धिदर हो । स्वास्थ्य अधिकारीका अनुसार हुबेइमा १० हजार ९९० संक्रमितलाई अस्पताल भर्ना गरेर उपचार भइरहेको छ । अहिलेसम्म विश्वभर २० हजारभन्दा बढी संक्रमित छन् ।

कोरना भाइरसको व्यापकता चीनबाहिर उल्लेखनीय नरहेपनि एकाध देशहरूमा छिटपुट रुपमा संक्रमितहरू देखा परेका छन् भने चीनबाट संक्रमणसहित स्पेन पुगेको एक व्यक्तिको स्पेनमै मृत्यु भएको जनाइएको छ   ।  यससँगै  कोरना भाइरसको   प्रकोप शुरु भएदेखि नै मुख्य भूमि चीन बाहिर दुई व्यक्तिको मृत्यु भएको छ।

चीनमा कोरोनाबाट मृत्यु हुनेको संख्या सन् २००२-००३ को सार्स भाइरसको संक्रमणभन्दा बढी हो । त्यस समयमा चीनमा मात्र सार्सका कारण ३४९ जनाको मृत्यु भएको थियो । चीनका उच्च अधिकारीले नोवल कोरोना भाइरसको घातक संक्रमणको नियन्त्रणमा केही कमीकमजोरी भएको स्वीकार गरेका छन् ।

चीनको कम्युनिस्ट पार्टीको पोलिटब्युरो स्थायी कमिटीले राष्ट्रिय आपतकाल व्यवस्थापन प्रणालीमा सुधार गर्नुपर्ने बताएको छ । राष्ट्रपति सी जिन पिङको अध्यक्षतामा बसेको पोलिटब्युरो बैठकले अहिले सरकारको ‘ठूलो परीक्षा’ भएको र यसबाट पाठ सिक्‍नुपर्ने निष्कर्ष निकालिएको छ ।

कोरना भाइरसको कारण सर्वसाधारण मानिसहरूलाई सार्वजनिक स्थलहरूमा जाँदा अधिकतम सावधानी अपनाउन मास्कको प्रयोग गर्न र हात नमिलाउन विश्व स्वास्थ्य संगठनले सचेत गराएको छ  ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments