रहस्यमय ‘कोरोना भाइरस’ चीनमा तेब्बर गतिमा फैलिँदै,

मङ्लबार, माघ ७, २०७६



एजेन्सी । चीनमा  रहस्यमय भाइरस ‘कोरोना भाइरस’ प्रभावितको संख्या तेब्बर गतिमा बढेको बताइएको छ ।  चीनको वुहानबाट शुरु  भएको उक्त भाइरसले वुहानभन्दा बाहिर पनि  १३९ मानिस प्रभावित भएको चीनीयाँ अधिकारिहरूले जनाएका छन् ।

वुहानबाट सो रोगका भाइरस अहिले बेइजिङ्ग, सांघाई र सेन्जेनमा पनि फैलिएको छ । अहिले २०० भन्दा बढी मानिसलाई सो भाइरसले सताएको पुष्टि भएको छ ।

तीनजना मानिसको सो रोगबाट मृत्यु भएको छ । जापान, थाइल्याण्ड र दक्षिण कोरियामा पनि सो भाइरसका बिरामी देखिएको जनाइएको छ ।

सो भाइरसबाट निमोनियाको जस्तो लक्षण देखिने र एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने गरेको चीनका सरकारी अधिकारीहरुले जनाएका छन् ।

श्वासप्रस्वास सम्बन्धी विज्ञ जोङ्ग नाशानले यो भाइरसका बारेमा अनुसन्धान गरिरहेका १४ जना मेडिकल कार्यकर्तालाई समेत यो भाइरसको असर देखिएको छ ।

कसरी यो फैलिरहेको छ भन्ने बारेको यकिन जानकारी अझै पनि अनुसन्धाताहरुले पत्ता लगाइसकेका छैनन् ।

बेलायतका विज्ञहरुले भने सो भाइरसको असर करिब  १ हजार ७०० मानिसमा देखिएको जनाएका छन् ।

सो भाइरसको असरबाट जोगिन विश्वका विभिन्न देशका विमानस्थलमा चीनबाट आउने यात्रुलाई निगरानी गर्न थालिएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments