विश्वकप क्रिकेट लिग–२ः अमेरिकाविरुद्व जितको अपेक्षा

बुधबार, माघ २९, २०७६



काठमाडौं । विश्वकप छनोटको ढोकाका रुपमा रहेको आईसीसी विश्वकप क्रिकेट लिग–२ को चौथो खेलमा नेपालले आज अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा साढे ९ बजे शुरु हुने खेलमा नेपाल अमेरिकाविरुद्ध निश्चित जितको खोजीमा हुनेछ । नेपाल र अमेरिका त्रिकोणात्मक सिरिजमा दोस्रो पटक खेल्न लागेका हुन् ।

दुवै टोली जित निकाल्दै सिरिजको सुखद अन्त्य गर्ने दाउमा रहेका छन् । नेपालमा भएको त्रिकोणात्मक सिरिजमा अमेरिकाले ओमानसँग दुई र नेपालसँग एक खेलमा हार भोगेको छ भने ओमानले चार खेलमै जीत निकालेको छ । पहिला खेलमा नेपालले अमेरिकालाई ३५ रनले पराजित गरेको थियो ।

नेपाल दुवै पटक ओमानसँग पराजित भएको छ । पहिलो खेलमा १८ रनले पराजित नेपाल दोस्रो खेलमा ओमानसँग ८ विकेटले पराजित भएको थियो । ओमान भने सिरिजमा चारै खेलमा जित निकाल्दै लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

अमेरिका दोस्रो स्थानमा रहँदा नेपाल पुछारबाट दोस्रो स्थानमा छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments