साहित्यतर्फको नोबेल तोगार्जुक र हान्ड्केलाई

शुक्रबार, अशोज २४, २०७६



एजेन्सी  । विश्वप्रसिद्ध नोबेल पुररस्कारको साहित्यतर्फको पुरस्कार घोषणा गरिएको छ । वर्ष २०१८ र २०१९ को दुई पुरस्कार पोलिस लेखक ओल्गा तोगार्जुक र अष्ट्रियन लेखक पिटर हान्ड्केलाई दिइएको हो ।

पोल्याण्डकी लेखिका तोगार्जुकको उपन्यास ‘फ्लाइट्स’ ले सन् २०१८ कै म्यान बुकर पुरस्कार पनि प्राप्त गरेको थियो । एउटै पुस्तकले बुकर पुरस्कार र नोबेल साहित्य पुरस्कार पाएको यो पहिलो घटना हो । तोगार्जुक कवि, उपन्यासकार र सामाजिक अभियन्ताको रुपमा परिचित छिन् । यससँगै नोबेल साहित्य पुरस्कार पाउने महिला साहित्यकारको संख्या १४ पुगेको छ ।

यस्तै अष्ट्रियाका लेखक पिटर हान्ड्के उपन्यासकार, नाटककार र अनुवादकको रुपमा परिचित छन् । भाषा–साहित्यको क्षेत्रमा नवीतनतम योगदान पुर्‍याएको आधारमा हान्ड्केलाई पुरस्कार दिइएको हो । उनी समकालीन विश्व आख्यान लेखनमा अग्रणी लेखक मानिन्छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata