वीरेन्द्रनगरको कट्कुवामा २३ वटा गाई मृत भेटिए !

शुक्रबार, भदौ १३, २०७६



सुर्खेत। जिल्लाको वीरेन्द्रनगर नगरपालिकाको कट्कुवा जंगलमा २३ वटा गाई मृत अवस्थामा भेटिएका छन् । जिल्ला प्रहरी सुर्खेतका अनुसार बाँकेको नेपालगञ्जबाट ट्रकमा राखेर दैलेख लैजादै गरेका गाई मृत अवस्थामा भेटिएको हो ।

मृत गाई भेटिएको ठाउँमा १५० वटा जिवित गाई पनि भेटिएका छन् । गाई कसैले मारेर फालेको हो या आफै मरेका हुन् भन्ने खुलेको छैन ।

गाईको संख्या र कसले कहाँ लैजान लागेको हो भन्ने समेत खुलेको छैन । यसबारे अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata