तस्बिरमा विश्वकप फुटबल

बिहिबार, जेष्ठ ३१, २०७५



काठमाडौँ  ।  फुटबलको महाकुम्भ फिफा विश्वकप प्रतियोगिताको उद्घाटन भएको छ । रुसको राजधानी मस्कोस्थित लुजनिकी रंगशालामा विशेष समारोहबीच विश्वकप उद्घाटन गरिएको हो । समारोहमा रसियन कलाकारहरुले विशेष प्रस्तुति दिएका छन् । करीब ८० हजार दर्शक क्षमता भएको उक्त रंगशालामा ५०० कलाकारले विश्वकप उद्घाटनमा आआफ्नो प्रस्तुति पस्किएका छन् ।

त्यस्तै विश्वकपको इतिहास हेर्दा अहिलेसम्म कुनै पनि आयोजक राष्ट्र उद्घाटन खेलमा हारेको अभिलेख छैन । सन् १९७० मा मेक्सिकोमा भएको विश्वकपमा तत्कालीन सोभियत संघले उद्घाटन खेल खेलेको थियो जसमा खेल बराबरीमा टुङ्गिएको थियो । त्यस्तै सोभियत सङ्घले सन् १९६६ को विश्वकपमा सेमिफाइनलसम्म यात्रा तय गरेको थियो । यता साउदी अरबले भने सन् २०१० र २०१४ मा विश्वकपमा खेल्न पाएको थियो भने सन् १९९४ को विश्वकपमा प्रिक्वार्टर फाइनलसम्मको यात्रा तय गरेको थियो ।

  

187 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank