विश्वका दश शक्तिशाली देश, जसको यस्तो छ सुरक्षा खर्चको आँकडा

बिहिबार, बैशाख २०, २०७५



एजेन्सी । सेनामा सबैभन्दा बढि खर्च गर्ने देशमा पहिलो नम्वरमा अमेरिकाको नाम आउँछ । स्वीडेनको स्टकहोम इन्टरनेशनल पीस रिसर्च इन्स्टीट्यूट (सिपरी) को रिपोर्ट अनुसार सेनामा सबै भन्दा बढि खर्च गर्ने देशमा दोश्रो नम्वरमा चीन रहेको छ । भने तेश्रो नम्वरमा सऊदी अरब, चौथोमा रूस पर्छ भने भारत पाँचौं नम्बरमा पर्छ । फ्रान्सलाई पछाडि पार्दै भारत पाँचौं स्थानमा आएको हो ।

army-02

जानकारी दिउँकी सन् २०१६ को तुलनामा भारतले एक वर्षमा सैन्य खर्चमा ५.५ ले बढाएको छ । तैपनि टप पाँचमा भएरपनि भारतको रक्षा खर्च चीन भन्दा ३.६ गुणा कम छ । चीनले आफ्नो सुरक्षा खर्च करीब ८० हजार करोड रपैंयाले बढाएर १५.१९ लाख करोड़ रुपैंया बनाएको छ ।

जहाँ भारतीय सेनामा करिब १४ लाख सुरक्षाकर्मि छन् । यहाँ विश्वभरको कुल सुरक्षा खर्चका बारेमा भन्ने हो भने ११५.९२ लाख करोड रुपैंयाको ६० प्रतिशत हिस्सा भारत र चीनले ओगटेको छ ।

शीर्ष दश देशको कुल सुरक्षा खर्च हेर्ने हो भने, (आंकडा ला ख, करोड रुपैंयामा) अमेरिका ४०.६८, चीन १५.१९, सऊदी अरब ४.६०, रूस ४.४०, भारत ४.२६ खर्च गर्छन् । फ्रांस ३.८६, बेलायत ३.१३, जापान ३.३०, जर्मनी २.९५, र दक्षिण कोरिया २.६१ खर्च गर्छन् ।

जहाँ चीन, भारत र सऊदी अरब जस्ता देश लगातार आफ्ना सैन्य सुरक्षा खर्च बढाइरहेका छन् । त्यहीँ रूस सुरक्षा खर्च कम गरिरहेको छ । पश्चिमी देशसंगको तनावका बावजूद रूसमा सुरक्षा खर्च गएको सालबाट घटेर ४.४१ लाख करोड़ रुपैंया रहेको छ । जुन सन् २०१६ भन्दा २० प्रतिशतले कम हो ।

सन् २०१० बाटै अमेरिकाले आफ्नो सुरक्षा खर्चमा गरेको थियो । तर २०१७ मा फेरि एक पल्ट आफ्नो बढाएको स्तरमा फर्किएको छ ।

46 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank