अन्तरिक्षमा रकेट लानसक्ने विश्वकै ठुलो विमानको परीक्षण उडान सम्पन्न

आइतवार, बैशाख १, २०७६



क्यालीफोर्निया। विश्वको सबैभन्दा ठुलो विमानले क्यालीफोर्नियामा आफ्नो पहिलो परीक्षण उडान सम्पन्न गरेको छ । यसमा ६ बोइङ ७४७ इन्जिन जडान गरिको छ ।

हिजो(शनिबार) सो विमानले आफ्नो पहिलो यात्रा तय गर्नका लागि मोजावे मरुभूमि पुग्यो । अढाई घण्टासम्म  हावामा रहेको यस विमान  अन्तरिक्षमा रकेट लैजान र ल्याउने उद्देश्य हेतुले यस विमानको निर्माण गरिएको हो ।   ‘स्ट्रैटोलन्च’नाम दिइएको यस विमान पृथ्वीदेखि ३५ हजार फुट माथिसम्म पुगी रकेटलाई उनीहरुको कक्षसम्म पुर्याउन मद्दत गर्छ ।

dims

विमानकोको तौल १.३ मिलियन पाउण्ड रहेको छ  । २८ पांग्रा रहेको यस विमान पचास फिट अग्लो छ । विमानको पंखाको लम्बाई ३८५ फिट रहेको छ जब की विमानको कुल लम्बाई २३८ फिट मात्रै छ । ३०० मिलियन डलर कुल लागत बताइएको यस विमानलाई स्केल्ड कम्पोजिट्स नामक कम्पनीले निर्माण गरेको हो।

 हेर्नुहोस् ऐतिहासिक उडानको भिडियो;

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank