ब्राजिल अन्तिम १६ मा, आज समुह चरणका खेल सकिदै

बिहिबार, असार १४, २०७५



काठमाडौं  । विश्वकपको पूर्व विजेता यसपटकको दावेदार जर्मनी विश्वकपबाट बाहिर छ । विश्वकपको जीत दावेदार ब्राजिल भने विजयी भएको छ । रुसमा जारी फिफा विश्वकपको समूह र्इु अन्तरगत बुधबार रातिको खेलमा सर्बियामाथि सहज जित हात पार्दै ब्राजिल अन्तिम १६ मा प्रवेश गरेको हो ।

सर्बिलाई २–० ले हराउँदै ब्राजिल समूह विजेता बन्दै प्रिक्वाटर फाइलनमा स्थान सुरक्षित गर्न सफल भएको हो । ब्राजिलको जितका लागि मिडफिल्डर कोउटिन्होले ३६ औं मिनेटमान गोल गरे भने थिएगो सिल्भाले ६८ औं मिनेटमा गोल गरे ।

स्विट्जरल्याण्ड उपविजेता

समूह ुर्इु कै अर्को खेलमा स्विट्जरल्याण्डले कोस्टारिका सँग २–२ को बराबरी खेली समूह उपविजेता बन्दै अन्तिम १६ मा पुगेको छ । कोस्टारिका र सर्बिया भने प्रतियोगिताबाट बाहिरिएका छन् । आज समुह चरणका खेलहरु सकिदैछन् ।

158 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank