इरान-पोर्चुगलको खेल अहिलेसम्मकै विवादित

मङ्लबार, असार १२, २०७५



विश्वकपमा समह बि अन्तरगत इरान र पोर्चुगल बराबरीमा रोकिएका छन् । त्यस्तै स्पेन र मोरक्कोले पनि अंक बाडेका छन् । हिजो भएको खेलमा इरान र पोर्चुगल १–१ को ब।राबरीमा रोकिएका हुन् भने मोरक्को र स्पेनले २–२ गोल गरेका थिए ।

पोर्चुगल र स्पेन रुसमा जारी विश्वकप फुटबलको दोस्रो चरणमा प्रवेश गरेका छन्। सोमवार राति दुवै देशले खेलेका खेल बराबरीमा सकेका थिए। इरानसँग पोर्चुगलको १-१ गोलको बराबरीमा र मोरक्कोसँग स्पेनको खेल २-२ गोलको बराबरी अर्थात ‘ड्र’ भयो।  पेनाल्टीबाट गोल हानेको इरानले क्रिष्टियानो रोनाल्डोको पोर्चुगलविरुद्धको खेल बराबरीमा टुङ्गाएको हो।

विवाद

इस्को

रोनाल्डोले आफ्नो टोलीका लागि पेनाल्टीबाट गोल हान्ने एउटा अवसर गुमाए। भीएआर भनिने भिडिओ असिस्टेन्ट रेफ्री प्रविधिबाट हेरेर रोनाल्डोलाई रातो कार्ड देखाउने वा नदेखाउनेबारे टुङ्गो लगाइएको थियो। पछि उनलाई रेफ्रीले पहेँलो कार्ड देखाएका थिए। पहिलो ‘हाफ’को अन्त्यतिर सनसनीपूर्ण गोल गर्दै रिकार्डो क्वारेस्माले पोर्चुगललाई अग्रता दिलाएका थिए। सन् २०१८ को विश्वकप फुटबलमा भीएआर प्रविधि निकै चर्चाको विषय बन्न पुगेको छ। तर समूह बी को अन्तिम खेलमा सोमवार राति त्यो अहिलेसम्मकै विवादित बन्यो।

पोर्चुगललाई पेनाल्टी दिने निर्णयपछि विवाद शुरू भयो। दोस्रो चरणमा पोर्चुगलले युरुग्वेसँग शनिबार प्रतिस्पर्धा गर्नेछ भने स्पेन र आयोजक रुसबीच आइतवार भिडन्त हुनेछ।

271 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank