ट्यूनिसियालाई ५–२ को गोल अन्तरले हराएपछि बेल्जियम अन्तिम १६ को नजीक

आइतवार, असार १०, २०७५



मस्को, रूस । विश्वकप फुटबलको शनिबार भएको पहिलो खेलमा ट्यूनिसियाविरूद्ध ५–२ को फराकिले अन्तरले जितेको छ ।

यससँगै बेल्जियम विश्वकपको अन्तिम १६ समूहभित्र पर्ने सम्भावना प्रवल भएको छ । अन्तिम १६ मा पर्न उक्त समूहको अझै एक खेललाई पर्खिनुपर्ने हुन्छ ।

शनिबारको खेलमा बेल्जियमका लागि इडेन हाजार्ड र रोमेलु लुकाकुले दुई दुई गोल र मिची बाट्सुयायीले एक गोलको योगदान गरेका छन् ।

ट्यूनिसियालाई बेल्जियमको शानदार प्रस्तुतिबीच पनि डाइलन ब्रोन र वाहवी खाज्रीले एक एक गोल गरेका छन् ।

175 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank