विश्व फुटबल : रूसको विजयी सुरुवात, रसिया -५ साउदी-०

बिहिबार, जेष्ठ ३१, २०७५



काठमाडौं : फिफा विश्वकप फुटबलमा आयोजक राष्ट्र रूसले विजयी सुरुवात गरेको छ। आजबाट रूसको राजधानी मस्को स्थित लुज्निकी रंगशालामा सुरु भएको प्रतियोगितामा रूसले एसियाली राष्ट्र साउदी अरेबियालाई ५–० को फराकिलो गोलअन्तरले पराजित गर्यो। रूसको जितमा डेनिस चेरिसेवले २ तथा युरी गाजिन्स्की, आर्तेम डीजुबा र अलेक्सेन्डर गोलोभिनले गोल गरे।

खेलको १२ औं मिनेटमा अलेक्सान्द्र गोलोभिनले दिएको क्रस पासलाई सदुपयोग गर्दै युरी गाजिन्स्कीले हेडमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। त्यस्तै ४३ औं मिनेटमा डेनिस चेरिसेवले टिमका लागि दोस्रो गोल गरे। उनले ३ डिफेण्डरलाई छक्याउँदै शानदार गोल गरेका थिए।

97 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank