विश्वकप उपाधि फ्रान्सलाई, कुन खेलाडीले के पाए ?

सोमवार, असार ३२, २०७५



काठमाडौं । विश्वकप फुटबलको इतिहाँस दोहोर्याउँदै फ्रान्स विश्व विजेता बनेको छ । पहिलो पटक फाइन्लमा पुगेको क्रोएसिया स्तब्ध भएको छ । २१ औं संस्करणको उपाधि फ्रान्सले हात पारेको छ । गएराति भएको विश्वकप उपाधि भिडन्तमा क्रोएसियालाई ४–२ गोल अन्तरले पराजित गर्दै फ्रान्सले उपाधि हात पारेको हो ।

फ्रान्सको जितमा एन्टोनी ग्रिजम्यान, पाउल पोग्बा र केलियन एमबाप्पेले समान एक एक गोल गरेका थिए । फ्रान्सले एक गोल आत्मघाती उपहार पाएको थियो । क्रोएसियाका लागि इभान पेरिसिक र मारियो मान्डुज्कीले एक एक गोल फर्काए । विश्वकपको उपाधि जित्ने क्रममा फ्रान्सले पहिलो हाफमै २–१ को अग्रता लिएको थियो भने दोस्रो हाफमा २ गोल थपेको थियो । यस्तै फ्रान्सले एक गोल खाएको थियो ।

योसंगै फ्रान्सले दोस्रो पटक विश्वकप उचाल्न सफल भएको छ । फ्रान्सले यसअघि सन् १९९८ मा विश्वकप उपाधि जितेको थियो । उपाधिसंगै फ्रान्सले १८ क्यारेट सुनको ट्रफीसंगै २९ मिलियन पाउण्ड प्राप्त गरेको छ । दोस्रो भएको क्रोएसियाले २१ मिलियन पाउण्ड र तेस्रो भएको बेल्जियमले १८ मिलियन पाउण्ड प्राप्त गरेको छ ।

Mbappe_20180715165529 विश्वकप फुटबलको २१ औं संस्करण अन्र्तगत फ्रान्सका युवा स्ट्राइकर केलियन एमबाप्पे रुस विश्वकपको उत्कृष्ट युवा खेलाडी घोषित भए । १९ बर्षे एमबाप्पेले फाइनलमा एक गोल गर्नुभएको थियो । एमबाप्पे विश्वकपको फाइनलमा गोल गर्ने पेलेपछिका दोस्रो युवा खेलाडी पनि बनेका छन् ।

यस्तै, विश्वकप फुटबलमा इङ्ल्याण्डका कप्तान ह्यारी केन सर्वाधिक गोलकर्ता बन्नुभएको छ । इङ्लिस क्लब टोटनह्यामका स्ट्राईकर समेत रहनुभएका केनले विश्वको उत्कृष्ट स्ट्राईकरको रुपमा गोल्डेन बुट हात पारेका छन् । यस्तै, रुस विश्वकप फुटबलमा स्पेनले फिफा फेयर प्ले अवार्ड हात पारेको छ । रुस विश्वकपकै अनुशासित टोली बन्दै स्पेनले फेयर प्ले अवार्ड जित्न सफल भएको हो ।

यस्तै, बेल्जियमको किपर थिबाउट कोर्टियसले रुस विश्वकपमा उत्कृष्ट गोलकिपरको उपाधि हात पारेका छन् । उत्कृष्ट गोलकिपर बन्दै कोर्टियसले गोल्डेन ग्लभ्स पनि जित्नुभएको छ भने क्रोएसियाका लुका मोड्रिच रुस विश्वकपमा उत्कृष्ट खेलाडी बनेका छन् । क्रोएसियालाई फाइनलमा पुर्याउन महत्वपूर्ण भूमिका खेल्नुभएका मोड्रिचले उत्कृष्ट खेलाडी बन्दै गोल्डेन बल हात पारेका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments