यस्तो हुँदैछ फुटबल फाइनल, कसले बाजी मार्ला ?

आइतवार, असार ३१, २०७५



काठमाडौं  । फुटबल प्रेमीहरुका लागि आजको दिन निकै चासोको दिन । फुटबलमा रुची नहुनेहरु पनि आज साँझ टेलिभिजन अगाडी झुम्मिने पक्का छ । आज विश्वकप फुटबलको फाइनल खेल हुँदैछ । उपाधि होडमा उभिएका फ्रान्स र क्रोएसियाबीच को अब्बल भन्ने होड आज अन्त्य हुनेछ । २१ औं विश्वकपको उपाधिको मुखमा रहेका फ्रान्स र क्रोएसिया दुवैको लक्ष्य अहिले उपाधि छ । फ्रान्स आफूलाई क्रोएसियाभन्दा बलियो रहेको दाबी गरिरहेको छ ।

आइतबार राति हुने फाइनलमा क्रोएसियाले अघिल्ला खेलमा जस्तै प्रदर्शनलाई निरन्तरता दिएमा ग्रीसकै सफलताको पुनरावृति हुनेछ । श्वकपमा क्रोएसियाले खेलेको ६ वटै खेलमा शतप्रतिशत जित हासिल गरेको छ ।दुईवर्षअघि सम्पन्न यूरोपियन कपको फाइनलमा पोर्चुगलसँग हारेको फ्रान्स अहिले त्यो भन्दा प्रतिष्ठित उपाधि जित्ने संघारमा उभिएको छ ।

फ्रेन्च टिमले सेमीफाइनलमा उतारेको खेलाडीलाई नै पहिलो रोजाईमा राख्ने सम्भावना छ। तर दुइ वटा पहेँलो कार्डका कारण बेल्जियमविरुद्ध नखेलेका फ्रान्सका ब्लाइसे मातुईडीले भने सुरुवाती ११ मा कोरेन्टीन तोलिस्सोलाई स्थापन्न गर्ने प्रबल सम्भावना छ।

फ्रान्सले सन् १९९८ मा पहिलोपटक उपाधि जितेको थियो । त्यही इतिहास दोहोर्‍याउन फ्रान्सले अहिले निकै मेहनत गरिरहेको छ । २० वर्षअघि फ्रान्सले सेमिफाइनलमा क्रोएसियालाई हराएको थियो । पाँचपटक विश्वकपमा सहभागिता जनाएको क्रोएसिया रुस विश्वकपबाट आफूलाई नयाँ विजेता बनाउन चाहन्छ । दुइटै विजेता बन्ने तयारीमा फाइनल खेल नेपाली समय अनुसार पौने ९ बजे हुनेछ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments