अर्जेन्टिना विश्वकपबाट बाहिरियो : फ्रान्स विजयी

शनिबार, असार १६, २०७५



काठमडौं । विश्वकपको विजेताको दावदार मानिएको अर्जेन्टिना विश्वकप प्रतियोगिताबाट बाहिरिएको छ । नकआउट चरणको पहिलो खेलमा फ्रान्ससँग ४–३ ले पराजित हुँदै अर्जेन्टिना रुस विश्वकपबाट बाहिरिएको हो । अघिल्लो संस्करणको उपविजेता अर्जेन्टिना रुसमा जारी विश्वकप फुटबल प्रतियोगिताको प्रिक्वार्टरफाइनलबाटै बाहिरिएपछि उसका समर्थकहरु खिन्न् भएका छन् । शनिबार राति भएको खेलमा दुई पटकको विजेता अर्जेन्टिना फ्रान्ससँग ४-३ गोलले पराजित हुँदै अन्तिम १६ बाटै बाहिरिएको हो।

खेल सुरु भएको १२ औं मिनेटमा पाएको पेनाल्टीलाई फ्रान्सका एन्टिनियो ग्रिजम्यानले उत्कृष्ट गोल गरेका हुन्। खेलको १३ औं मिनेटमा ग्रिजम्यानले गोल गरेसँगै अर्जेन्टिना १-० ले पछि परेको थियो । अर्जेन्टिनाका निकोलस ताग्लाफिकोले एमबाप्पेलाई डीबक्स एरिया बाहिर लडाएपछि फ्रिकिक पाएको थियो। दोस्रो हाफको ४८ औं मिनेटमा गोल गर्दै अर्जेन्टिनाले लिएको २(१ को अग्रता त्यसको ९ मिनेट पछाडी फ्रान्सका बेञ्जामिन पाभार्डले तोड्दै २-२ को बराबरीमा पुर्‍याएका थिए ।

त्यसको ७ र ११ मिनेटमा व्यक्तिगत २ गोल गर्दै फ्रान्सका केलिएन एम्बाप्पेले गोल अन्तर ४(२ को स्थितिमा पुर्‍याएका हुन् ।

226 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank