आज विश्व खुसियाली दिवस, कुन देश कति खुशी ?(पुर्ण जानकारी सहित)

"एकसाथ खुशी हौँ'

बुधबार, चैत्र ६, २०७५



आज मार्च २० अर्थात विश्व खुसियाली दिवस । संयुक्त राष्ट संघको एक कार्यक्रमको रुपमा सन २०१२, १२ जुलाई देखि विश्व खुसियाली दिवस मनाउन थालिएको हो । यो वर्षको विश्व खुसियाली दिवसको नारा “एकसाथ खुशी हौँ’ रहेको छ ।

विश्वका १५६ देशहरुको अवस्थालाई समेटेर युएन ले गरेको पछिल्लो विश्व खुसियाली प्रतिवेदेन अनुसार फिनल्याण्ड(7.६३२) पहिलो  स्थानमा परेको छ । त्यस्तै नर्वे(७.५९४) दोस्रो स्थानमा, डेनमार्क(७.५५५) तेस्रो स्थानमा, अस्ट्रेलिया(७.२७२) दशौँ स्थानमा, युएई( ६.७७४) बीसौं स्थानमा, जापान(५.१९५) चौंउन्नऔं स्थानमा, पाकिस्तान(५.४७२) पचहत्तरऔं स्थानमा परेका छन्  । चीन(५.२४६) छयासीऔं स्थानमा, भुटान(५.०८२)सन्तानब्बेऔं स्थानमा परेका छन् भने १०१ औं स्थानमा नेपाल रहेको छ । सबैभन्दा कम खुसियाली छाएको मुलुकमा अर्थात १५६ औं स्थानमा बुरुण्डी परेको छ ।

यस तथ्यांकाले के देखाएको छ भने धन हुँदैमा खुशी रहन सकिन्छ भन्ने छैन । समाज वा व्यक्तिमा निहित समावेशी चरित्र, प्रजातान्त्रिक आचरण, समानता, रहनसहन, सदभाव र लालच जस्ता कुराहरुले उसको खुसीलाई नापीरहेको हुन्छ ।

खुसि रहन को लागि पैसा, धन, पद वा सुन्दरता हुनु आवश्यकता छैन । यौटा खरबपतिभन्दा गाउँमा साग सिस्नो र गिठ्ठा भ्याकुर खाएर बाँचेको मान्छे धेरै खुशी रहन सक्छ । हिन्दू धर्मशास्त्रहरुले खुसिको बारे सोहि कुरा बताउँछ ।  ‘तिमीसंग जति धन दौलत र भौतिक वस्तुहरु रहने छन; तिनीहरुका विचमा तिम्रो सिमित माँया बाँडिन जाँदा तिमी रित्तिने छौ र झन दुखि हुनेछौ । त्यसैले धनभन्दा खुसि प्राप्त हुने तर्फ़को यात्रा नै सर्वोत्तम जीवन हो ।’

dsahjhdsajk

kjdskkfdsjkdfs

kdkfdj

 

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank