आज विश्व फोटोग्राफी दिवस, यस्तो छ ‘क्यामरा’को इतिहास !

सोमवार, भदौ २, २०७६



काठमाडौं । आज १८० औँ विश्व फोटोग्राफी दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरेर यो दिवस मनाइँदैछ ।

हरेक व्यक्तिले जन्मसिद्द रुपमा क्यामरा लिएर आएको छ । जसको मद्दतले ऊ यस संसारमा रहेका हरेको चीजवस्तुको एकप्रकारको छवी आफ्नो दिमागमा बनाउने गर्दछ । हो, मानव आँखा हरेक व्यक्तिको लागि आँखीझ्याल हो, जहाँबाट ऊ संसार चिहाउने गर्दछ । यस मानेमा हरेक व्यक्ति आफैंमा एक फोटोग्राफर हो ।

विभिन्न वैज्ञानिक खोज, अनुसन्धान र अन्वेषणको विकासको  क्रममा मानिसहरुले कृतिम लेन्सक आविष्कार गरिसकेका छन् । समयको साथ अघि बढिरहेको मानव जगतले फोटोग्राफीको मद्दतले आफ्नो अतीतको हुबहु प्रतिलिपि निकालेर नोस्टाल्जिक बनिरहेका छन् । यसै प्रयासको सफलताको खुसीमा हरेक १९ अगस्टलाई विश्व फोटोग्राफी दिवसको रुपमा हर्षोल्लासका साथ् मनाइदै आएको छ ।

फोटोग्राफीको आविष्कारसँगै दूरदराजको संसार नजिक आइपुगेको छ । कुनै पनि सम्प्रादय, समाज, जातजाति, धर्म, संस्कार, भूगोल र त्यहाँको प्राकृतिक स्रोतसाधनको छवी अर्को भूगोल, अर्को प्रकृतिको मानिसहरुले नजिकबाट बुझ्न, देख्न र जान्न पाएका छन् । आज हामी समुन्द्रमा नपुगीकन पनि समुन्द्रको बारेमा जानकार छौं । हामी हाम्रो स्थानीय ठाउँमा नदेखिएका/नभोगेका विभिन्न प्राकृतिक एवम् कृतिम चिजवस्तुहरुको बारेमा उत्तिकै जानकार छौं, जति त्यस ठाउँ या त्यस भूगोलका मानिसहरु छन् । यसरी हेर्दा आजको दुनियाँ निर्माण र विकासमा फोटोग्राफीको महत्वलाई कुनै पनि हालतमा नकार्न सकिदैन् ।

Image may contain: 1 person, standing and outdoor

इतिहास:

सर्वप्रथम सन् १८३९ मा फ्रान्सेली वैज्ञानिक लुईस जेकस तथा मेन्डे डाग्युरेले फोटो तत्व खोजि गर्ने दावा गरेका थिए । ब्रिटिश  वैज्ञानिक विलियम हेनरी फान्क्सटेल बोटले नेगेटिभ-पोजेटिभ प्रक्रियाको खोजि गरे । सन्  १८३४ मै टेल बान्टले सेन्सेटिभ पेपरको आविष्कार गरिसकेका थिए, जसको सहायताले खिचिएको चित्रलाई स्थायी रुपमा संरक्षण दिन सकिन्थ्यो । फ्रान्सेली वैज्ञानिक आर्गोले ७ जनवरी १८३९ मा फ्रेन्च एकेडेमी अफ साइन्सको लागि एक प्रोसेस रिपोर्ट बनाए  ।  फ्रान्सेली सरकारले उक्त  रिपोर्टलाई खरिद गरि १० अगस्ट १९३९ मा आममानिसको पहुँचमा ल्यायो ।

राष्ट्रिय फोटो पत्रकार समूहका अध्यक्ष राजेन्द्र चित्रकारका अनुसार संसारलाई बुझ्न फोटोग्राफीले निकै सहज बनाएकोले यसको सुरुआत भएको दिनलाई विशेष रूपमा स्मरण गर्ने गरिएको छ । औपचारिक रूपमा नेपालमा भने  सन् २०१० देखि यो दिवस मनाउन थालिएको हो ।

पत्रकारितामा फोटाको प्रयोग :

‘हजारौँ शब्दले भन्न नसक्ने कुरा एउटै तस्बिरले प्रस्ट पारिदिन्छ’ सम्भवतः यो विश्वविख्यात अवधारणालाई पछ्याउँदै पत्रकारितामा फोटाको प्रयोग व्यापक हुँदै आएको छ । विभिन्न ऐतिहासिक कालखण्डलाई क्यामरा कैद गर्न सफल फोटोग्राफी कला नेपालको पत्रकारिता क्षेत्रमा पनि उत्तिकै स्थापित छ ।

वरिष्ठ फोटो पत्रकार गोपाल चित्रकारले युवापुस्तामा फोटोग्राफीको आकर्षण बढिरहेको अनुभव सुनाउँदै भन्नुभयो, ‘ “फोटो पत्रकार र सोखिन फोटोग्राफर भनेको फरक हो । पत्रकारले नैतिकता, नियम बुझेर फोटाहरू राख्नुपर्छ तर सोखिनले भने जुनसुकै फोटो सामाजिक सञ्जालमा राखेकै हुन्छ, त्यस्तो गर्नुु गलत हो । फोटोलाई सार्वजनिक गर्दा विचार पुर्याउनुपर्छ । ”

फोटोग्राफी र विकृति :

मानवीय सम्वेदना बोकेको  विचारपरक  कुनै पनि एउटा कविता, एउटा गीत-संगीत, एउटा चित्र वा एउटा फोटोले दुनियाँ कायपलट गरिदिने हिम्मत राख्दछ ।

आज उपभोक्तावाद आफ्नो चरम सीमामा छ । जहाँ कुनै पनि ग्राहक आफ्नो  उत्पादनलाई विश्वसामू पस्किन आतुर छ । र, उसको एक आतुरतालाई साथ दिन्छ- फोटोग्राफीले । साथै विभिन्न मानिसहरु  पेशेवर रुपमा  फोटोग्राफीकै माध्यमबाट आफ्नो दैनिक गुजारीरहेका एवम् एक असल जीवनयापन गरिरहेका छन् । कसैले सोखको रुपमा फोटोग्राफीलाई चुनेका छन्द भने कोहि फोटो खिचेर विभिन्न राष्ट्रिय-अन्तर्राष्ट्रिय सम्मानहरुले सम्मानित भइरहेका छन् ।

यद्दपी यति लामो इतिहास पार गरिरहँदा फोटोग्राफीको कला, प्रयोग र प्रविधिबारे नयाँ बहस आउन थालेको छ । फोटोग्राफीको विकाससँगै कतिपय विकृति पनि बढेका छन् । विशेषतः ‘डिजिटलाइज’ प्रविधिको प्रयोगसँगै कतिपय अवस्थामा नैतिकता र मर्यादाका प्रश्न पनि उठ्ने गरेका छन् ।

राष्ट्रिय फोटो पत्रकार समूहका महासचिव प्रदीपराज वन्तका अनुसार समूहले ‘सत्यतथ्य खोजीका लागि फोटो पत्रकारिता’ मूल नाराका साथ धादिङमा विशेष कार्यक्रम गर्ने भएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata