१२औँ मृगौला दिवस आज, नेपालमा पनि जनचेतना मूलक कार्यक्रम गरि मनाईँदै

पीएसआरएन र स्वतन्त्र विद्यार्थीसँग प्रधानमन्त्री ओलीको पैदलयात्रा :

बिहिबार, फाल्गुन ३०, २०७५



आज(बिहिबार) १२औँ मृगौला दिवस नेपालमा पनि मृगौला रोग तथा यसबाट बच्ने उपायहरुका बारेमा जनचेतना मूलक कार्यक्रम गरि मनाईँदैछ ।

विश्व स्वास्थ्य संगठनले मार्च १० लाई विश्व मृगौला दिवसको रुपमा मनाउने घोषणा गरेसँगै नेपालमा पनि आज विभिन्न अस्पताल तथा संस्थाहरुले निःशुल्क परीक्षणसहित विभिन्न कार्यक्रम गर्दैछन् ।

यस दिवसको यो वर्षको नारा ‘मृगौला रोग र बालबालिका, मृगौला रोग नियन्त्रणमा तत्काल सक्रिय बनौं’ रहेको छ ।

पीएसआरएन र स्वतन्त्र विद्यार्थीसँग प्रधानमन्त्री ओलीको पैदलयात्रा :

दिवसको अवसरमा त्रिवि शिक्षण अस्पतालको नेफ्रोलोजी विभाग, फिजिसियन फर सोसियल रेस्पोन्सबिलिटी नेपाल (पीएसआरएन) र स्वतन्त्र विद्यार्थी युनियनको बिहीबार बिहान अस्पतालमा गरेको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएका छन्।

कार्यक्रमका आयोजकसँगै पैदल यात्रा गरेर प्रधानमन्त्री ओलीले मृगौला सुरक्षाका लागि खानपान र शारिरीक व्यायाममा ध्यान दिनुपर्ने बताए ।

1-9

मृगाैलाको काम :

शरीरमा जम्मा हुने दूषित पदार्थ छानेर बाहिर निकाल्नु मृगाैलाको मुख्य काम हो । यसबाहेक मृगाैलाले हर्मोन पैदा गर्छ । रगत बन्नका लागि आवश्यक हर्मोन पनि यसले बनाउँछ । शरीरको आन्तरिक वातावरण मिलाउने काम मृगाैला र फोक्सोको हो । हामीले खाएको खानाबाट आवश्यक पोषण लिने र नचाहिने तत्व फाल्ने काम मृगाैलाको हो ।symptoms-of-kidney-disease

मिर्गौला परीक्षण गरी रोगको निदान र उपचार गर्नु बुद्धिमानी :

संसारभर १० प्रतिशत मानिस मृगौला सम्बन्धी समस्याबाट पिडित छन् । यस तथ्याङ्कलाईको आधारमा नेपालमा पनि कुल जनसंख्याको १० देखी १३ प्रतिशत करिब २७ लाख मानिसमा मृगौला सम्बन्धी समस्या रहेको राष्ट्रिय मृगौला उपचार केन्द्रको तथ्याङ्क छ ।

मृगौलालाई स्वस्थ राख्न बर्षमा एक पटक स्वास्थ्य परीक्षण गर्न डाक्टरहरुको  सुझाव छ ।

धुम्रपानको आदत भएका, ५० वर्ष भन्दा माथिका वयस्कहरु र मृगौलामा समस्या भएकाहरूलाई मृगौला रोगको खतरा बढी हुनेभएकाले हरेक वर्ष अनिवार्य रुपमा मृगौला परीक्षण गर्नुपर्छ ।

मृगौला स्वस्थ्य राख्न हरेक दिन कम्तीमा तीन लिटर पानी पिउनुपर्छ, मधुमेह र उच्च रक्तचापलाई सन्तुलनमा राख्नुपर्छ ।

मृगौला रोग लागिसकेपछि यसको उपचार अत्यन्त महँगो भएकाले समयमै मिर्गौला परीक्षण गरी रोगको निदान र उपचार गर्नु बुद्धिमानी हुन्छ ।

बिलासितापूर्ण जिवन जिउने र सुविधा भोगी जिवनशैलीले मोटोपनासँगै मृगौलाको समस्याहरु बढ्दै गएकाले सन्तुलित खाना सरल जिवनशैली र पर्याप्त मात्रामा व्यायाम गर्नुपर्छ बिहान वा बेलुका कम्तिमा ३० देखी ४५ मिनेट हिडडुल गर्नु अनिवार्य छ ।

मृगौला उपचार सम्भव नभए अर्को बिकल्पको रुपमा प्रत्यारोपण :

38bd38fcacd04d50ab27a16677cb0c2c

मृगौला उपचार सम्भव नभएपछि अर्को बिकल्पको रुपमा प्रत्यारोपण गर्नुपर्ने हुन्छ । नेपालमा मृगौला प्रत्यारोपणका लागि सामान्यतः साढे तीन लाखदेखि पाँच लाख रुपैयाँसम्म खर्च हुन्छ । प्रत्यारोपणका लागि मृगौला दाता आफ्नो नजिककै नाताबाट हुनुपर्छ, जुन सहज काम होइन । प्रत्यारोपण गरिसकेपछि खाने औषधि र प्रत्यारोपण अघिको डायलायसिसको खर्च समेत सामान्य नेपालीले धान्न सक्ने अवस्था छैन ।

बढ्दो व्यस्तता, अस्वस्थकर खानपिन तथा जंक फूडको अत्याधिक सेवन लगायत मध्यपानको अनुचित प्रयोगले गर्दा मृगौलाका बिरामी हरेक वर्ष बढ्दै गएको चिकित्सक बताउँछन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank