विश्व साम्राज्यबाद पुजीँवादका विरुद्ध श्रमिकहरूको एकता अपरिहार्यः नेपाल

शुक्रबार, बैशाख २१, २०७५



विश्वका प्रगतिशिल समाजबादी बिचार पक्षधर श्रमिकहरूको अन्तराष्ट्रिय केन्द्र विश्व ट्रेड युनियन महासंघमा आबद्ध ८ वटा ट्रेड युनियन महासंघको आयोजनामा एक दिवसिय अन्तराष्ट्रिय सेमिनार तथा बैठक सम्पन्न भएको छ । उक्त कार्यक्रमको प्रमुख आतिथि नेकपा एमालेका बरिष्ठ नेता तथा पुर्व प्रधानमन्त्री माधवकुमार नेपालले सेमिनारमा मन्तब्य दिँदै विश्व साम्राज्यबाद पुजीँवादका विरुद्ध श्रमिकहरूको एकता अपरिहार्य भएको बताए । उनले श्रमिकहरूको समृद्धिका लागि शिक्षा, स्वास्थ्य, आवास, खाद्यान्न र स्वच्छ खानेपानीका सुविधाका साथै जीवन निर्वाह गर्न पुग्ने पारिश्रमिक, सामाजिक सुरक्षा र ट्रेड युनियन अधिकारको प्रत्याभुति गर्न श्रमिकहरूका ट्रेड युनियनहरूले आफै एकताबद्ध भएर आन्दोलनलाई अगाडि बढाउनुपर्ने बताए ।

कार्यक्रमका बिशेष अतिथि विश्व ट्रेड युनियन महासंघका अध्यक्ष वान्डिले माईकल मकावाईबाले नेपालका श्रमिकहरूको हक हितका लागि सरकारले बिशेष ध्यान दिनुपर्ने बताए ।  श्रमिकहरुले आफ्नो हक हितका लागि निरन्तर जुझारु श्रमिक बर्गीय संघर्ष जारी राख्नुपर्नेमा उनले जोड दिए । साथै साम्राज्यवाद, विस्तारवाद र एकल पूँजीवादीहरूबाट लागु गरिएका सबै खाले श्रमिक बिरोधी नीति र कार्यक्रमहरूको डटेर बिरोध गर्न उनले बताए ।

कार्यक्रममा ८ महासंघको तर्फबाट अध्यक्षहरूले आफ्ना संगठनका धारणा राख्नुका साथै बरिष्ठ अर्थशास्त्री डा. गोबिन्दबहादुर थापाले साम्राज्यवाद र पुँजीवादले मजदुर वर्गमा पारेको असरबारे कार्यपत्र प्रस्तुत गरेका थिए । उनले पुँजीवादी सोच र नीतिका कारण श्रमिकहरू शोषणको मारमा परेको बताए । सबै श्रमजीवि वर्गको मुक्तिका लागि पूँजीवादको विकल्प समाजवादी राज्य ब्यबस्था अपरिहार्य रहेको बताए ।

कार्यक्रमा विश्व ट्रेड युनियन महासंघ समन्वय समिति नेपालको बैचारिक एवं सञ्चालन आधारपत्र डब्लूएमटीयू आर्थिक नियन्त्रण समितिका सदस्य मोहनमान स्वाँरले प्रस्तुत गरे । यसै गरी भेलाबाट पेशागत महासंघ नेपालका बरिष्ठ उपाध्क्ष प्रेमलकुमार खनालको संयोजकत्वमा १७ सदस्य विश्व ट्रेड युनियन महासंघ समन्वय समिति नेपालको गठन गरिएको छ । श्रम आन्दोलन सम्बन्धी १४ बुँदे काठमाडौँ घोषण पत्र जारी गर्दै नेपालमा क्रियाशिल समाजबादी बैचारिक धारका श्रमिक ट्रेड युनियनहरुले भब्यरुपमा ऐतिहासक मे सप्ताह सम्पन्न गरिएको छ ।

नयाँ कमिटी
१) प्रेमल खनाल – संयोजक
२) मोहनमान स्वार – सहसंयोजक
महासंघका अध्यक्ष र महासचिवहरु पदेन सदस्य
३) विश्वनाथ प्याकुरेल – सदस्य
४) दयाराम बस्याल – सदस्य
५) नारायण प्रसाद सापकोटा – सदस्य
६) तिलक थापा मगर – सदस्य
७) मधु बि.सि. – ¬सदस्य
८) रामेश्वर श्रेष्ठ – ¬सदस्य
९) चिरागमान सिंह कुवर – सदस्य
१०) बिष्णु प्रसाद लामिछाने – सदस्य
११) प्रेम प्रसाद खनाल – सदस्य
१२) लोकराज भुसाल – सदस्य
१३) धनकुमारी मगर – सदस्य
१४) कृष्ण बहादुर थापा – सदस्य
१५) टिकाराज कार्की – सदस्य
१६) भरत ढकाल – सदस्य
१७) लाल बहादुर पाख्रिन –सदस्य

सेमिनारबाट पारित १४ बुँदे काडमाडौँ घोषण पत्र
१) आतङ्कवाद नियन्त्रणको वहानामा विश्व साम्राज्यवादले संचालन गरेको हत्या, हिंसा र आतङ्क बन्द गरी युद्ध र
हतियार खरिदमा भई रहेको खर्चलाई उत्पादन र रोजगारी वृद्धि तर्पm लगानी गर ।
२) युद्ध, हत्या, हिंसाबाट शरणार्थी बन्न बाध्य श्रमजीवी जनतालाई मानवोचित जीवन यापन गर्न पाउने अधिकारको सुनिश्चितता गर ।
३) गरिबी र वेरोजगारीका कारण बैदेशीक रोजगारमा जान बाध्य आप्रावासी श्रमिकहरुलाई अन्तर्राष्ट्रिय श्रम मापदण्ड अनुरुपको सेवा, शर्त, सुविधाको सुनिश्चितता गर ।
४) उत्पादनशील क्षेत्रमा व्यापक लगानी गरी रोजगारी बृद्धि गर ।
५) आई.एल.ओ. अभिसन्धी नं. ८७, १०३, १५१, १८३ लगायतका अभिसन्धी अनुमोदन गर ।
६) सार्वजनिक संस्थानहरुको नीजिकरण बन्द गर ।
७) शिक्षा, स्वास्थ्य, आवास, खाद्यान्न, खानेपानी सेवा र सुविधामा भई रहेको व्यापारीकरण र नीजिकरण बन्द गरी श्रमजीवी वर्गलाई सर्वसुलभ ढंगले सेवा प्रदान गर र रासन कार्डको व्यबस्था गर ।
८) हायर एण्ड फायर, नो वर्क नो पे, वाउट सोर्सिङ करार सेवा जस्ता नीतिका माध्यमबाट श्रमिक वर्गको सेवा र ट्रेड यूनियन अधिकारलाई कुण्ठित गर्ने नीतिको अन्त्य गर ।
९) सार्वजनि संस्थान, बैंक, सरकारी एवं नीजि क्षेत्रमा औसत आयुका आधारमा श्रमिक कर्मचारीलाई सेवाको आधारमा नभई उमेरको आधारमा मात्रै अवकाश हुने एकद्वार अवकाश नीतिको अवलम्बन गर ।
१०) जीवन निर्वाह गर्न पुग्ने पारिश्रमिक र सामाजीक सुरक्षाको प्रत्याभूति गर ।
११) श्रमिक वर्गको राजनीतिक अधिकार, ट्रेड यूनियन अधिकारलाई सुनिश्चित हुने गरी संविधान र श्रम कानूनमा सुधार गर । श्रम कानूनमा श्रमिकहरुका हक अधिकार संकुचित बनाउने नीतिको अन्त्य गर ।
१२) विश्व साम्राज्यवाद, एकल पूँजीवाद र विस्तारवादीहरुले गरेको शोषणका विरुद्ध श्रमजिवी वर्गले विभिन्न देशमा संचालन गरेको आन्दोलन प्रति ऐक्यबद्धता प्रकट गर्दछ ।
१३) श्रमिक तथा मजदूरहरुले बिभिन्न मुलुकहरुमा आफ्ना हकहित र परिवर्तनका लागि चलाएका न्यायिक आन्दोलनको क्रममा लगाइएका झुट्टा मुद्या, गिरप्तारी, जेल सजाय जस्ता अन्यायपूर्ण क्रियाकलापहरुको तुरुन्त बन्द गर्न माग गर्दछ ।
१४) ट्रेड यूनियन आन्दोलमा हुर्किरहेको अवसरवाद र वर्ग समन्वयवादी धारलाई परास्त गर्न दृढतापूर्वक वैचारिक संघर्ष गर्दै श्रमिक वर्गीय, जुझारु ट्रेड यूनियन आन्दोलनको विकास गर्न प्रतिबद्धता व्यक्त गर्दछौं ।

76 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank