आज विश्व डाउन सिंड्रोम दिवस, नेपालमा पनि मनाइंदै

बिहिबार, चैत्र ७, २०७५



आज विश्व डाउन सिंड्रोम दिवस (WDSD) अर्थात वोर्ल्ड डाउन सिन्ड्रोम डे विश्वभर मनाइंदै छ । विश्वव्यापी रुपमा जागरूकता फैलाउने उद्देश्य हेतु सन् २०१२ देखि यो दिवस मनाउन थालिएको हो।

अन्तराष्ट्रीय स्तरमा मनाइने डाउन सिंड्रोम दिवसले बौद्दिक असक्षमता भोगिरहेका व्यक्तिहरुलाई बाँच्नका लागि जागरूकता र समर्थन बढाउन विभिन्न गतिविधि एवं कार्यक्रमहरू आयोजना गर्ने गर्दछ।

आखिर के हो डाउन सिंड्रोम ?

WORLD DOWN SYNDROME DAY 2019

डाउन सिंड्रोम कुनै पनि प्रकारको रोग या विरामी भन्दा पनि एक साधारण आनुवंशिक अवस्था हो। मानव शरीर लाखौँ कोषहरु मिलेर बनेको छ । प्रत्येक कोषमा ४६ क्रोमोजोम हुन्छन । सोहि क्रोमोजोमको डीएनएले हाम्रो विकास कसरी हुन्छ भन्ने निर्धारण गर्दछ । त्यसबाहेक एक अतिरिक्त क्रोमोजोमको कारण डाउन सिन्ड्रोम हुने गर्दछ । सामान्यतया मानिसहरुसँग ४६ क्रोमोजोम हुने गर्दछ, डाउन सिंड्रोम भएका मानिसहरुमा थप एक क्रोमोजोम हुने गर्दछ ।

डाउन सिन्ड्रोम भएका व्यक्तिहरु कस्ता हुन्छन् ?

सबै जातीय, सामाजिक समूहहरुमा सबै उमेरका मान्छेहरुमा गर्भाधारणको समयमा यो अवस्था आउँछ ! एक तथ्यांकको अनुसार हरेक ११०० बच्चा मध्ये एकमा यो अवस्था देखिने गर्दछ । त्यस्ता बच्चाहरुमा शारीरिक विशेषता अन्य बच्चाहरुको भन्दा भिन्न देखिन्छ ! यस्ता बच्चाहरुमा देखिने विभिन्न समस्याहरु मध्ये बौद्दिक असक्षमता एक प्रमुख समस्या हो । यस्ता बच्चाहरुको स्वास्थ्य र विकासको चुनौतीलाई लिएर आमाबुबा निराश हुने गरेको पनि भेटिन्छ ।

यस अवस्थाका केहि मानिसहरु परिवार, समाज या साथिभाइको साथसहयोग बिना नै जीवन निर्वाह गर्ने क्षमता पनि राख्दछन् भने केहि घरपरिवार या सामाजिक तत्वको सर-सहयोग विना जीवन निर्वाह गर्न सक्दैनन् ।

tim-fairhall-denied-kiwisaver-photo-supplied

स्पस्ट बोल्न नसक्नु, भाषिक विकासमा असहजता हुनु एवं आफ्नो कुरा सहजै व्यक्त गर्नु नसक्नु जस्ता समस्याहरुयस अवस्थाका मानिसहरुमा देखिने गर्दछ । यस कारण हिच्किचाउने, बोल्न डराउने तथा दिक्क मान्ने जस्ता व्यवहारहरु पनि सँगसँगै देखा पर्दछ ।

maxresdefault (1)

यस अवस्थाका मानिसहरुमा पनि साधारण मानिसहरुको जस्तै सरल जीवन बिताउने चाह हुन्छ । बस्नको लागि राम्रो घर, अर्थपूर्ण रोजगारी, साथीभाई एवं आफन्तजनहरुसँग घनिष्टता एवं पारिवारिक जमघटमा रमाउने चाहना पुरा नहुँदा यस अवस्थाका व्यक्तिहरु आफ्नो समाजमा भूमिका विहिन बन्ने गर्दछन् ।

उपचार एवं परामर्श:

विगतमा डाउन सिंड्रोम भएका धेरै व्यक्तिहरुलाई आफ्नो पूर्ण क्षमता पहिचान गर्न समस्या हुने गर्दथ्यो । यद्दपी हाल विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरु यस्ता व्यक्तिहरु कहाँ पुगी परामर्श एवं सुझाव दिन विभिन्न गोष्ठी तथा कार्यक्रमहरु आयोजना गरि त्यस्ता व्यक्तिहरुको व्यक्तिगत विकासका लागि काम गरिरहेका छन् ।DOWN-SYNDROME-GUIDE-Treatment-722x406

त्यसै गरि सानै उमेरमा परिवारको दाजुभाई, दिदीबहिनीसँगै यस्ता बच्चाहरुलाई विद्दालय पठाउँदा भेदभाव रहित मनोदशाको कारण आफ्नो परिवार र समुदायमा समावेश भई हुर्किने अवसर पाउँछन् । यसले उमेरको चढावसँगै आफ्नो पूर्ण क्षमता बढाउँदै अन्य मानिसहरुको तरह नै जीवन व्यतित गर्ने सृजनशील अवसर प्रदान गर्दछ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata