तीन पटक वर्ल्ड रेकर्ड विजेता ठकुरीले जिते रजत

सोमवार, जेष्ठ ६, २०७६

- विजय थापा



वासिंटनडिसी । गत शुक्रबार मे १७ का दिन एटलान्टिक सिटी न्युजर्सीमा सम्पन्न वर्ल्ड एसोसिएसन अफ किक बक्सिङ्ग अर्गनाईजेसन द्वारा आयोजित अन्तर्राष्ट्रिय प्रतियोगितामा तीन पटक गिनिज वर्ल्ड रेकर्ड उज्ज्वल ठकुरीलाई रजत पदक प्राप्त भएको छ ।

वाको युएसए को उक्त प्रतियोगितामा पोइन्ट फाइट(अंक युद्ध ) र ७४ केजी तौल भन्दा माथी ब्लाक बेल्ट(कालो फित्ताधारी )प्रदर्शनमा खेलमा उज्ज्वल ठकुरीले रजत पदक हासिल गरेका हुन् ।

thakuri 3

ठकुरी २९ वर्षीय मिलर ओमारी संग पराजित भएका थिए । नासका अन्तर्गत राखिएको वाको युएसए खेल भनेको वर्ल्ड एसोसिएसन अफ किक बक्सिङ्ग अर्गनाईजेसन हो । त्यसै गरि ठकुरीले नासकाको सृजनात्मक कातामा कास्य पदक हासिल गरेका छन् ।

ठकुरी भन्छन हार जित भैरहन्छ ,म ४४ बर्ष उमेर भएकोले २९ बर्ष को युवासँग खेल्न मज्जा बेग्लै भएकाे बताए । उनले भने दुइ चोटी ढाल्न सफल भएँ । यो अंकको खेलमा ढाल्न पाईदैन र जसले ढाल्छ खेल उसैले हार्छ । आफू अलिक उत्तेजित थिए ,अलिक नियन्त्रण गरेको भए खेलले बाजी मार्न सक्थे उनले भने ।

नेपाली मूलका मध्ये अमेरिकामा वाको खेल्ने र रजत ल्याउने सम्भवत आफू भएको बताए । पदक नजिती ओलम्पिकमा भाग लिंदैमा ओलम्पियन बन्ने आफ्नो रहर छैन उनि भन्छन ।

ठकुरी भन्छन , म आफ्नो शरीर स्वस्थ रहुन्जेल, हात खुट्टा चलुन्जेल खेल खेलिरहन्छु ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata