कोरोना त्रास: विश्वकप फुटबलका छनोट खेल स्थगित

मङ्लबार, फाल्गुन २७, २०७६



काठमाडौं । कोरोना भाइरसको सन्त्रासका कारण विश्वकप फुटबल छनोट खेल स्थगित गर्ने निर्णय गरेको छ ।   अन्तर्राष्ट्रिय फुटबल महासंघ(फिफा)ले विश्वकप फुटबल २०२२ को छनोट खेलहरु स्थगित गरेको हो ।

 एशियाली फुटबल महासंघ र सदस्य राष्ट्रहरुसँगको समन्वयमा फिफाले विश्वकप फुटबलको छनोट खेलहरु स्थगित गरेको मंगलबार जारी  विज्ञप्ती मार्फत जनाएको छ । फिफाले मङ्गलबार एक वक्तब्य जारी गरी मार्च २३ देखि ३१ र जुन १ देखि ९ सम्मका लागि निर्धारित खेल तत्कालका लागि स्थगित गरिएको जनाएको छ । कोरोना भाइरसको संक्रमण फैल्ने जोखिममा उक्त छनोट खेल स्थगित गरिएको फिफाले जनाएको छ ।

स्थगित गरिएको खेलको पुर्नतालिका सम्बन्धमा फिफाले एशियाली महासंघ र सदस्य राष्ट्रहरुसँगको समन्वयमा अर्को मिति तोक्ने उल्लेख गरिएको छ। छनोट खेल्ने सम्बन्धित राष्ट्रहरु आपसी समझदारीमा पूर्व निर्धारित मितिमै छनोट खेल खेल्न सक्ने एशियाली फुटबल महासंघले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments