विश्वकप छनौट : नेपालद्वारा ओमान १५० रनले पराजित

मङ्लबार, बैशाख ३, २०७६



काठमाडौं । आईसीसी यू १९ विश्वकप एसिया छनोटको मंगलबारको खेलमा नेपालले ओमनमाथि १५० रनको सहज जित हासिल गरेको छ ।
टस हारेर ब्याटिङ्को निम्ता पाएको नेपालले ओमनलाई २३० रनको लक्ष्य प्रस्तुत गरेको थियो।

नेपाली टोलीले दिएको २३० रनको लक्ष्य पछ्याएको ओमानले ४४.२ ओभरमा सबै विकेट गुमाएर ७९ रनमात्र बनायो ।   नेपाली टोलीका लागि कप्तान रोहित कुमार पौडेलले सर्वाधिक ७५ रनको महत्वपूर्ण योगदान दिए भने अन्तिम समयमा आक्रामक ब्याटिङ गरेका प्रतिस जिसीले २३ बलमा ४१ रनको योगदान दिए। त्यस्तै, भीम सार्कीको ३९ रन र अभिषेक बस्नेतको १५ रन बाहेक अरु खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन्।

ओमनलाई सस्तैमा समेट्न पवन सर्राफले ३ विकेट, प्रतिस जिसी र सूर्य तामाङ्ले समान २.२ विकेट लिए। त्यस्तै, कुशल मल्ल, कमलसिंह ऐरी र भीम सार्कीले समान १.१ विकेट लिए।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata