ब्राजिल घर फर्कियो, बेल्जियमको विश्वकप जित्ने सम्भावना बलियो

शनिबार, असार २३, २०७५



काठमाडौं । विश्वकपको दावेदार मानिएको र इतिहाँस रच्ने दाउमा रहेको पाँच पटकको विश्व विजेता ब्राजिल जारी विश्वकप फुटबल प्रतियोगिताबाटै बाहिरिएाके छ । शुक्रबार राती भएको खेलमा ब्राजिल बेल्जियमसँग हार खादै क्वार्टरफाइनलबाटै बाहिरिएको हो । उपाधिको प्रमुख दावेदार भनिएको ब्राजिल बेल्जियमसँग २–१ गोलले पराजित भयो । पहिलो हाफमा गरेको २ गोलले बेल्जियम अन्तिम समयसम्म ब्राजिललाई दवावमा रख्न् सफल भयो र जित निकाल्यो ।

खेलको १३औं मिनेटमै बेल्जियमको प्रहार क्लियर गर्न लाग्दा फर्नान्डिन्होले आफनै पोष्टमा गोलगरेका थिए । दोस्रो हाफमा ब्राजिलले १ गोल फर्कायो, तर, पाएका थुप्रै अवसरहरुमा चुक्दा उसले क्वार्टरफाइनलबाटै घर फर्कनुपर्यो ।

जापानविरुद्धको खेलमा २–० ले पछि परेको अवस्थामा पनि बेल्जियमले उत्कृष्ट पुनरागमन गर्दै नतिजा ३–२ ले आफ्नो पक्षमा पारेको थियो ।अगष्टोले अन्तिम १५ मिनेट बाँकी छँदा ब्राजिलका लागि गोल गरे पनि बेल्जियमले खेललाई आफ्नो हातबाट फुत्कन दिएन।

ब्राजिलफाइनल प्रवेशका लागि फ्रान्ससँग

बेल्जियमले अब फाइनल प्रवेशका लागि फ्रान्ससँग खेल्नेछ । फ्रान्स शनिबार नै भएको खेलमा उरुग्वेलाई हराएर सेमिफाइनलमा पुगेको हो । बेल्जियमको फुटबल इतिहासकै स्वर्णिम साँझ मानिएको शुक्रबारको खेलको एउटा नकारात्मक पक्ष भनेको बेल्जियमका रक्षापङ्क्तिका खेलाडी टमस मुनियरले दोस्रो पँहेलो कार्ड पाएका छन्। उनी फ्रान्सविरूद्ध खेल्न पाउनेछैनन्।

103 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank