विश्वकप क्रिकेट छनोटः स्कटल्याण्डविरुद्ध नेपालको झुर पर्दशन

बिहिबार, फाल्गुन २४, २०७४



काठमाडौं । जिम्बावेमा जारी एक दिवसीय विश्वकप क्रिकेट छनोट प्रतियोगिताको दोस्रो खेलमा अहिले नेपाल र स्कटल्याण्डबीच खेल जारी छ ।

टस जितेर अहिले व्याटिङ गरिरहेको नेपालले ७ ओभरको समाप्तीमा ४ विकेट गुमाएर मात्र ३० रन बनाएको छ ।  प्रतियोगितअन्तर्गत आफ्नो पहिलो खेलमा आयोजक जिम्बावेसँग १ सय १६ रनले पराजित भएको नेपाल आज पहिलो जितको खोजीमा छ ।

तर उत्कृष्ट फर्ममा रहेको स्कटल्याण्ड विरुद्धको खेल नेपालको लागि सहज पक्कै पनि हुनेछैन । प्रतियोगितामा लगातार दुई खेल जित्ने क्रममा स्कटल्याण्डले अफगानिस्तान र हङकङ्लाई पराजित गरेको थियो । आजको खेल जित्दै स्कटल्याण्ड पनि सुपर सिक्सको यात्रा निश्चित गर्न चाहन्छ ।

नेपालले समुहको तेस्रो खेलमा अफगानिस्तान र चौथो तथा अन्तिम खेलमा हङकङ्को सामना गर्नेछ । बाँकी रहेका सबै तीन खेल जितेको खण्डमा सुपर सिक्समा नेपालको यात्रा निश्चित हुनेछ ।

196 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank