विश्व किर्तिमानी कराँते खेलाडी ठकुरीलाई अर्को सफलता

मङ्लबार, फाल्गुन २२, २०७४



अमेरिका । अमेरिकाको डिसी महानगर क्षेत्रका नेपाली मूलका विश्व कीर्तिमानी उज्ज्वल ठकुरीलाई अर्को विश्व किर्तिमान प्राप्त भएको छ । उनले आफैले बनाएको किर्तिमानलाई आफैले तोड्दै छोटो समय भित्र पुनः दोश्रो पटक गिनिज वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल भएका छन् ।

उनले गत वर्ष २०१७ को सेप्टेम्बर २३ तारीखका दिन १३९.४९ पौण्ड (६३.९७ केजी) मा विश्व किर्तिमान गरेका थिए । उनले अर्को किर्तिमान अमेरिकाको ओहायो को टोलेड़ोमा गएर गत वर्ष २०१७ को नोभेम्बर ४ तारिख १४२.४८ पौण्ड (६४.६३ केजी) को तौल दाँत र शरिरमा राखेर दुवै खुट्टा फाडेर विश्व किर्तिमान गरेका छन् ।

गिनिज बुक अफ वर्ल्ड रेकर्डले उनलाई गत मार्च २ तारिख मा अमेरिकामा पत्राचार गरि विश्व किर्तिमानी भनेर घोषणा गरेको छ। यो विधा विश्वमा आजसम्म कसैले गर्न सकेका छैनन् । सानो गल्ति भयो भने घाँटी, ढाड र कम्मर शत प्रतिशत पक्षघात (प्यारालाइसिस) हुने धेरै सम्भावना भएकोले यस्तो जोखिम कम खेलाडीले कोसिस गर्ने गर्छन । ठकुरीले यस विधाको आफैले निर्माण गरेर नेपाल र अमेरिका दुबैको नाम बिश्वमा कोरेका छन् ।

ठकुरीले पाँच विधाको निर्माण गर्नुको साथै तीन वटा विधामा अन्तरराष्ट्रिय पदक हाँसिल गरेका छन् । (फांग काता) जसमा राष्ट्रिय स्वर्ण पदक र अन्तरराष्ट्रिय स्वर्ण पदक हाँसिल गरेका छन् भने फांग ब्रेअकिङ्ग(किर्तिमान) जसमा विश्व टाइटल बेल्ट हासिल गरेका छन् ।

569 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank