आज विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस, देशभर मनाईँदै

मङ्लबार, बैशाख १०, २०७६



आज अप्रिल २३,  विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस।  विश्व साहित्यमा महत्वपूर्ण योगदान गर्ने विलियम्स शेक्सपियर(William Shakespeare) र इनका गार्सिलासो पी ला वेगा(Inca Garcilaso de la Vega)को निधन भएको दिनको सम्झनामा अप्रिल २३ लाई वर्ष विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवसको रुपमा  मनाउन थालिएको हो ।

सन् १९९५ मा फ्रान्सको पेरिसमा भएको संयुक्त राष्ट्रसंघीय शैक्षिक तथा साँस्कृतिक संगठन युनेस्काको महासभाले अप्रिल २३ को दिनलाई विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवसको रुपमा मनाउने घोषणा गरेको थियो । सोही अनुसार हरेक वर्ष यो दिव मनाउने गरिएको छ ।

कुनै पनि सृजनशील व्यक्तिले आफ्नो बुद्दी, विवेक, समय, श्रम र रकम खर्च गरि समाजलाई हित गर्ने उपयोगी रचना, भिडियो, अडियो या आविष्कारक गर्दछ भने त्यो उसको आफ्नो व्यक्तिगत बौद्दिक सम्पती हो । पछिल्लो समय विश्वमा यस्ता  बौद्दिक सम्पती प्रविधिको सहजताका कारण समाजमा सजिलैसँग उपलब्ध छ  । संचार र सुविधाको यस युगमा यस्ता बौद्दिक सम्पतीको अतिक्रमण, चोरी र दुरुपयोग पनि सहजताका साथ भइरहेको छ ।

कुनै पनि बौद्दिक सम्पती यदि मौलिक रुपले सिर्जित छन् र ठोस मध्यम( कुनै पनि सोच या विचार लिखित या अधिकारिक रुपमा) प्रसारित छन् भने प्रतिलिपि अधिकारबाट सुरक्षित रहने छन् ।  र, यस्ता अधिकार प्राप्त बौद्दिक सम्पतीको  नक्कल, पुनरुत्पादन,  बिक्री वितरण एवं व्यवसाय गरेमा एक पटकमा रु. एक लाख सम्मको जरिवाना वा ६ महिनासम्मको जेल या दुवै सजायका अतिरिक्त अन्य क्षेतिपूर्ति तिर्नुपर्ने व्यवस्था प्रतिलिप अधिकार ऐन, २०५९ मा रहेको छ ।

पछिल्लो समय साहित्यक गतिविधि मुलुकभर बढेको छ । यसले स्थापित र नयाँ लेखक(रचनाकार)हरुलाई प्रोत्साहित गरिरहेको छ । पुस्तक किनेर, वाचन गरेर, पुस्तकमाथि अन्तरक्रिया वा चर्चा परिचर्चा गरेर तथा साथीभाइ, इष्टमित्रलाई पुस्तक उपहार दिएर यस वर्ष पनि पुस्तक दिवस मनाइंदै छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata