व्यापार घाटा बढे पनि आर्थिक बृद्धिदरमा कमि नहुने: विश्व बैंक

बिहिबार, जेष्ठ २३, २०७६



काठमार्डौं । विश्व बैंकले चालु आर्थिक वर्षमा नेपालको आर्थिक बृद्धिदर ७.१ प्रतिशतले बढ्ने जनाएको छ ।

विहिबार काठमाडौंमा सार्वजनिक गरिएको आर्थिक प्रतिवेदनमा नेपालको आर्थिक आर्थिक बृद्धिदर ७.१ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको हो । छिमेकी मुलुकहरु भारत र चीनको अर्थतन्त्र मजबुत भएको अवस्थामा नेपालले फाइदा लिन सके अझै राम्रो हुन सक्ने जनाइएको छ ।

तीनवटै तहमा मजबुत सरकार रहेको अवस्था र राजनीतिक स्थीरता रहेको अवस्थामा आर्थिक बृद्धिदरमा कमि आउने सम्भावना नरहेको विश्व बैंकले जनाएको छ ।

बैंकले पर्यटकको संख्यामा उल्लेखनिय बृद्धि, विधुतमा सहज आपूर्ती र नीजि क्षेत्रको लगानीमा विस्तार भएको कारण व्यापार घाटा बढे पनि आर्थिक बृद्धिदरमा कमि नआउने जनाएको छ ।

कार्यक्रममा बोल्दै, अर्थमन्त्री डा. युवराज खतिवडाले भने, आर्थिक गतिबिधि बढाउँदा हुन गएको व्यापार घाटाबाट देशलाई घाटा नभई लाभ नै हुनेछ । सिमित स्रोत भित्र रहेर सरकारले असिमित दायित्व पूरा गर्न लागि परे पनि वित्तिय अनुशासन पालन गरेको मन्त्री खतिवडाले जनाए । आन्तरिक उत्पादनलाई जोड दिदैं केहि वर्ष भित्र व्यापार घाटा अन्त्य गर्ने मन्त्री खतिवडाले दाबी गरे ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank