भक्तपुरमा एक महिला मृत फेला

आइतवार, साउन ५, २०७६



भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिकास्थित सिर्जनानगरको झाडीमा आइतबार एक शव भेटिएको छ ।  महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक सविन प्रधानको अनुसार सिर्जनानगर बस स्ट्याण्डसँगैको सडक पेटीको भित्तामा घाँसे झाडीभित्र अन्दाजी ५० देखि ५५ वर्षकी महिला मृत अवस्थामा फेला परेकी हुन् ।

पहिचान खुल्न नसकेको मृतक महिलाको टाउकोमा चोट लागेको पाइएको जानकारी दिँदै उहनले शव परीक्षणको रिपोर्टपछि मात्रै हत्या हो कि होइन थाहा हुने उनले बताए । घटनाको भने प्रहरीले सूक्ष्म अध्ययन शुरु गरेको उनले जानकारी दिए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata