साग: महिला भलिबलमा नेपाल श्रीलंकासँग भिड्दै

शनिबार, मंसिर १४, २०७६



काठमाडौं । नेपालमा जारी १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत महिला भलिबलमा शनिबार हुने दोस्रो सेमिफाइनल खेलमा नेपाल र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदैछ । त्रिपुरेश्वरस्थित कभर्डहलमा हुने नेपाल र श्रीलंकाबीचको खेल साँझ ७ः०० बजेबाट शुरु हुनेछ ।

सेमिफाइनलको पहिलो खेलमा भारत र माल्दिभ्स भिड्ने छन् । आजको खेलमा जित निकाल्दै नेपाल नयाँ इतिहास रच्ने दाउमा छ । नेपालले महिला भलिबलको साग खेलकुदमा कास्य पदक मात्र जितेको छ ।

आजको खेलमा जित निकाल्न सके महिला टोली साग इतिहासमा पहिलो पटक फाइनल पुग्नेछ । यद्दपी महिला भलिबलमा श्रीलंका बलियो टोलीको रुपमा रहेको छ ।

यदि नेपालले आजको खेलमा श्रीलंकालाई हराए कम्तिमा रजत पदक पक्का हुनेछ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata