पन्ध्र सय २४ मिटरको उचाईबाट खसेकी महिला बाँचिन् !

मङ्लबार, भदौ ३, २०७६



एजेन्सी । क्यानडाको क्युबेकस्थित ट्रोइस–रिभरेसमा स्काइडाइभिङ गर्ने क्रममा नाम नखुलाईएकी एक महिला खतरनाक दुर्घटनामा परिन् । पाँच हजार फिट(१५२४ मिटर) माथिको विमानबाट हाम फाल्दा तिनले लगाएको इमर्जेन्सी र नर्मल दुवै प्यारासुट नखुलेपछि उनी तीव्र गतिमा मुनि खसिन् । त्यति उचाईबाट हामफ्यालेकी उनी बाँच्लिन्  भनेर कसैले अनुमान नै गरेका थिएनन् ।

उनी एउटा जङ्गली क्षेत्रमा रुखहरुबीच खसिन् र उनका शरीरका विभिन्न हड्डी भाँचिए, तापनि उनको जीवनलाई भने कुनै खतरा नभएको पुलिसले जानकारी दिएका छन्  ।  पुलिसका अनुसार ती महिला अनुभवी स्काइडाइभर थिइन् र हाल यस घटनामा कुनै आपराधिक नियत हुन सक्नेबारे अनुसन्धान भइरहेको छ ।

सो घटना प्रत्यक्ष अवलोकन गरेका डेनिस डेमर्सले बताएअनुसार उनी अन्य स्काइडाइभर भन्दा अत्यन्तै तीव्र गतिमा खसिरहेकी थिइन् । उनले थप भनेका छन्, ‘यो साँच्चै चमत्कार नै हो । मलाई त्यति माथि विमानबाट खसेको कोहीपनि व्यक्ति यसरी बाँच्न सफल भएको थाहा छैन । ”

यसरी तिनै महिलासँग विमानमा सवार अर्की स्काइ डाइभर, ओसिन डुप्लेसिस पनि हाम फाल्न तयार भएर बसेकी थिइन् । तर आफ्नो अगाडि त्यस्तो घटना देखेपछि भने उनले तिनी खस्दासम्म हेरिरहेको बताइन् । उनले भनेकी छन्, “हामी अन्त्यसम्म पनि प्यारासुट खुलिदिए हुन्थ्यो भन्ने आशा गरिरहेका थियौँ । हामी अत्यन्तै चिन्तित थियौँ ।”

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata