टी-२० क्रिकेट महिला विश्वकप अष्ट्रेलियाले चुम्यो

आइतवार, मंसिर ९, २०७५



नर्थ साउण्ड । अष्ट्रेलिया र इङल्याण्डबीच खेलीएको महिला टी- २० क्रिकेट विश्वकपको ट्रफी अष्ट्रेलियाले चुमेको छ ।  २० ओभरको खेलमा इङल्याण्डले पहिला ब्याटिङ गर्दै १९.४ ओभरमा सबै खेलाडी गुमाउँदै केवल १०५ रन मात्र समेट्न सक्यो ।

डिएन यात ४३ रन र एचसि नाइट (२५रन) ले मात्र दोहोरो अंक बटुल्न सफल खेलमा अष्ट्रेलिया ब्याटिङ, फिल्डिङ र बलिङमा उत्कृष्ट बन्न पुग्दा इङल्याण्डको ट्रफी चुम्ने सपना अधुरै रह्यो ।

इङल्याण्डको चुनौती पछ्याउन अष्ट्रेलियाले १५.१ ओभर खर्च गर्दै ८ विकेटले सजिलो जीत हात पार्यो । प्लेयर अफ द म्याच गार्डेन र प्लेयर अफ द सिरिज एलिसा हेली रहेको उक्त म्याच पछि अष्ट्रेलियाले विजयको खुसी मनाइरहेको छ ।

171 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank