८० बर्षको उमेरमा वडाध्यक्ष जितेर, पुरा भयो मर्नु अघि नाम लेखाउने धोको

बुधबार, जेष्ठ ३, २०७४



छोरा नाति र पनाति उमेरका तीन पुस्ताका प्रतिस्पर्धीलाई हराउँदै ८० बर्षीय कर्णबहादुर खड्का त्रिपुरासुन्दरी गाउँपालिका १ को वडाध्यक्ष निर्वाचित भएका छन् ।उनी नेपाली कांग्रेसबाट चुनावी मैदानमा उत्रिएका थिए । नाति उमेरका माओवादी केन्द्रका कुमार खत्रीलाई पराजित गरी कर्णबहादुर खड्का दुई सय ७३ मतसहित विजयी भएका हुन् ।

‘धन कमाउनु छैन, मर्नु अघि नाम लेखाउने लोभ थियो । मतदाताले बुढेसकालको धोको पूरा गरिदिए,’ कर्णबहादुरले भने, ‘साँघुरा बाटा फराकिलो बनाउँछु । टोलैपिच्छे मोटरबाटो पुर्‍याउँछु ।’ नागरिक दैनिकमा खबर छ ।

589 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank