कोरोना भाइरसले ५६५ जनाको ज्यान लियो, चीनको आगामी रणनीति के हुन् सक्छ ?

बिहिबार, माघ २३, २०७६



एजेन्सी । चीनमा नोवेल कोरोना भाइरसको कारण  मृत्यु हुनेको संख्या दिनानुदिन बढिरहेको छ  । स्वास्थ्य अधिकारीहरूले बिहीबार बिहान जारी गरेको तथ्यांकअनुसार ७३ व्यक्तिको थप मृत्यु भएको पुष्टि गरिएको छ । यससँगै  मध्य चीनमा कोरना भाइरसको कारण मृत्यु हुनेको संख्या ५६३ पुगेको छ । दुई जनाको चीन बाहिर मृत्यु भएको छ ।

चीनको  मध्यभूभाग  र हुबेई प्रान्तमा नयाँ संक्रमणको संख्या दुई दिनको तुलनामा बुधवार गिरावट भएको पाइएको थियो । राष्ट्रिय तथा प्रान्तीय स्वास्थ्य अधिकारीहरूले बिहीबार बिहान घोषणा गरेअनुसार आज(बिहिबार) बिहान  अन्य स्थानमा ३,४ र हुवेई प्रान्तमा २,९८७ घटनाहरू सामुन्ने आएको बताएको छ ।

पछिल्लोपटक नयाँ संक्रमणका तथ्यांकहरू जनवरी २८ मा तल  झरेको थियो यदद्पी मध्य चीन र हुबेईमा मंगलबार पुष्टि भएका घटनाहरूमा दैनिक वृद्धि भई क्रमशः ३,८८७ र ३,१५६ पुग्यो । डिसेम्बरको अन्त्यमा पहिलो पटक देखाएको घातक नोवेल कोरोना भाइरसले विश्वभर हालसम्म कम्तिमा ५६५ जना व्यक्ति मारिएका छन् भने संक्रमणको शिकार हुने बिरामीको संख्या २८,००० भन्दा बढी रहेको छ ।

व्यापार सम्झौता प्रभावित हुन सक्छ :

चिनियाँ मिडियाले मंगलबार रिपोर्ट गरेअनुसार कोरोनाभाइरसको प्रकोपका कारण चीनले अमेरिकासँगको पहिलो व्यापार सम्झौतामा प्रकोप सम्बन्धी क्लोज प्रयोग गर्ने विचार गर्न सक्छ। पिपल्स डेलीसँग सम्बद्ध राष्ट्रवादी अखबार ग्लोबल टाइम्सले सरकारको नजीकको चिनियाँ व्यापार विज्ञलाई उद्धृत गर्दै भनेको छ कि अमेरिकाले प्रकोपको धारामा परामर्श थाल्ने निर्णय पहिलो क्वाटरको अन्त्यसम्म असम्भव छ ।

बुधबार प्रकाशित उक्त अखबारले भनेको छ कि यदि चीन अमेरिकाबाट खरीद बढाउनको लक्ष्यमा पुग्न असमर्थ भए पनि सम्झौता र वार्ता प्रक्रियालाई जोखिममा नपारिकन अघि बढ्ने समझदारीको मार्ग रहेको छ।

चीनले बिहीबार घोषणा गरेअनुसार उसले आगामी साता पछि गत वर्ष लगाएको अमेरिकी उत्पादनको ७५ बिलियन डलरमा थप ट्यारिफ छुट्याउने छ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments