घुँडामुनि गोली हानेर ‘काले’लाई नियन्त्रण लिइयो

सोमवार, जेष्ठ ६, २०७६



काठमाडौं । काठमाडौंको टोखामा प्रहरीले डकैती घटनामा फरार एक व्यक्तिलाई नियन्त्रणमा लिन गोली चलाएको छ ।

सोमबार बिहान ‘काले’ भनिने विष्णु भुजेललाई घुँडामुनि गोली हानेर नियन्त्रणमा लिइएको एसएसपी सहकुल थापाले बताए ।

महानगरीय अपराध महाशाखाको टोलीले नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि जाइलागेपछि घुँडामुनि गोली हानेको बताइएको छ ।

पूर्वएआइजी जयबहादुर चन्द, विश्वराज शाहीको घरको डकैती गरेर समातिएका उनी जेलबाट जुटेपछि सात स्थानमा डकैती गर्न भ्याएका थिए । त्यसपछि फरार उनलाई प्रहरीले समाउन सकिरहेको थिएन । उनको वीर अस्पतालमा उपचार भइरहेको छ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank