घाइते भए अमेरिकी पूर्वराष्ट्रपति जिम्मी कार्टर
मङ्लबार, बैशाख ३१, २०७६

जर्जिया । अमेरिकाका पूर्वराष्ट्रपति जिम्मी कार्टर घाइते भएका छन् । अमेरिकी समाचार एजेन्सी इन्डीपेन्डेन्टका अनुसार आफ्नो ब्रोकन हीपको सर्जरी सकेर घर फर्किंएपछी उनी घाइते भएका हुन् । उनी आफ्नो स्वास्थ अवस्थाको कमजोरीको कारण नभई उनको खेलका कारण लडेका हुन् ।
९४ वर्षीय कार्टर घरदेखि टर्की चराको शिकारमा जान लागेका थिए, उनी कसरी लडे त्यो बताइएको छैन । कार्टरको हाल जर्जियाको फोइबे सम्टर मेडिकल सेन्टरमा उपचार भइरहेको छ । उनीसँग उनको पत्नी लिन पनि सँगै रहेको जनाइएको छ ।
कार्टर सन् १९७७ देखि १९८१ सम्म अमेरिकाका राष्ट्रपति थिए । उनलाई सन् २०१५मा ब्रेन क्यान्सर भएको जनाइएपनि पछि ब्रेन स्कान गर्दा उपचारका क्रममा उनको क्यान्सर निको भएको देखिएको थियो । अमरिकाको इतिहासमा लामो समय बाचेका जीवित राष्ट्रपति हुन् उनी ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्विट गर्दै कार्टरको स्वास्थ्य अवस्थामा सुधारको कामना गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
Powered by Facebook Comments