‘विषादी प्रकरणमा लज्जित हुनुपर्‍यो । यसप्रति म क्षमाप्रार्थी छु ।’ – प्रधानमन्त्री

बिहिबार, असार २६, २०७६



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विषादी प्रकरणमा आफूलाई आवश्यक सूचनाहरु सहि ढंगले सम्प्रेषण नगरिएको बताएका छन् । भारतीय दूतावासको पत्रबारे आफूलाई कुनै जानकारी नरहेको अवस्थाप्रति दुख व्यक्त गर्दै यसबारे खोजबिन भइरहेको उनले बताए ।

नेपाल टेलिभिजनबाट प्रसारित ‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रममा उनले भने, ‘भारतबाट पत्र आएको रहेछ । भारतले कूटनीतिक प्रयासहरू विभिन्न च्यानल मार्फत अगाडी बढाएको रहेछ । मलाई केहि समय पछाडी मात्र थाहा भयो । विषादी प्रकरणमा मलाई अनभिज्ञ नै राखियो । जसको कारण म लज्जित हुनुपर्‍यो । यसप्रति म क्षमाप्रार्थी छु ।’

विषादी प्रकरण सामान्य लापरवाही हो वा जानीबुझी हो भन्ने विषयमा सरकारी तवरबाट बुझ्ने कार्य भइरहेको उनले बताए ।

सर्वसाधारणको भान्सामा विषादी पाक्न हुँदैन, शुद्ध खाना हुनुपर्छ भन्ने कुरामा सरकार संवेदनशील रहेको भन्दै  सरकारविरुद्ध चालिने कुनै पनि मिसन पुरा हुन् नदिने उनले बताए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank