विप्लव नेकपाका नुवाकोट सचिव पक्राउ

बुधबार, पुस २३, २०७६



नुवाकोट । जिल्ला प्रहरी कार्यालय नुवाकोटले प्रतिबन्धित नेत्रविक्रम चन्द समूहका जिल्ला सेक्रेटरी ‘अशोक’ भनिने विन्तोष सिलवाललाई पक्राउ गरेको छ । अशोक’काठमाडौंबाट पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी प्रमुख अविनारायण काफ्ले जानकारी दिएअनुसार ‘सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता’ विरुद्धको कसुर अभियोगमा जिल्ला प्रशासन कार्यालयमार्फत म्याद लिएर अशोकलाई अनुसन्धान थालिएको  छ ।

नुवाकोटको विदुर नगरपालिका–२ नुवाकोटडाडाँ, वडा नंं १० गेर्खु, बेलकोटगढी नगरपालिका वडा नंं ४ पेटारेपाखामा एनसेलको टावरमा आगजनी, ककनी गाउँपालिकाको वडा नं १ को वडा कार्यालयमा बम विष्फोटन तथा डर र त्रास दिएर विभिन्न स्थानमा चन्दा सङ्कलन गरेको लगायतका अभियोगमा समेत अशोक संलग्न रहेको प्रहरीले दाबी गरेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments