राष्ट्रियसभा निर्वाचन : प्रदेश ५ मा नेकपाका शर्मा, घिमिरे र भट्टराई विजयी

बिहिबार, माघ ९, २०७६



दाङ । बिहिबार भएको राष्ट्रिय सभा निर्वाचनमा प्रदेश ५ बाट नेकपाका तीनै जना उम्मेदवार विजयी भएका छन् । सत्तारूढ दल नेकपाबाट महिला सदस्यमा कपिलवस्तुबाट विमला घिमिरे अपांग सदस्यमा दाङका जगप्रसाद शर्मा, र अन्यबाट रुपन्देहीका गोपाल भट्टराई निर्वाचित भएका हुन् ।

घिमिरे ५ हजार ७ सय ७८ मतभारसहित विजयी भएकी हुन् ।नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेकी गिरिजादेवी न्यौपाने २१०० मतभार प्राप्त गरिन्।  कपिलवस्तु निवासी घिमिरे नेकपाको केन्द्रीय सदस्य र कपिलवस्तु सहइन्चार्ज हुन् ।

यस्तै नेकपाका तर्फबाट जगप्रसाद शर्मा ५ जजार ४ सय २४ मतभारसहित विजयी भएका हुन्। उनका प्रतिष्पर्धी नेपाली कांग्रेसका मेराज अहमद हलवाइले १ हजार ९ सय ८६ मतभार प्राप्त गरेका थिए भने संघीय समाजवादी पार्टीका सुनिल सिंघलले ४२० मतभार प्राप्त गरेका छन्।

त्यसैगरी, अन्य समूहका तर्फबाट पनि नेकपाका तर्फबाट उम्मेदवार बनेका गोपाल भट्टराईले ५ हजार ३८२ मत ल्याएर विजयी भए। नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका बालकृष्ण पाण्डेले २ हजार ५२ मतभार प्राप्त गर्दा संघीय समाजवादीका तर्फबाट उम्मेदवार बनेका कृष्णप्रसाद यादवले ४४४ मतभार ल्याएका छन्। राष्ट्रिय जनमोर्चाका तर्फबाट उम्मेदवार बनेका शिव पौडेलले भने १५६ मतभार प्राप्त गरेका छन्।

प्रदेशका १२ जिल्लाका स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २ सय १८ जना मतदाता रहेकोमा २ सय १७ मत खसेको थियो भने प्रदेशसभा सदस्यको संख्या ८७ रहेकोमा ८६ मत खसेको जिल्ला निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments